नेपाल सम्वत् ११४६, बछलाथ्वः ४ चौथी (८ बैशाख, २०८३, २१ अप्रिल, २०२६) मंगलबार, बाँपिझ्याला । काठमाडौँस्थित कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी टी–२० अन्तर्राष्ट्रिय सिरिजको दोस्रो तथा अन्तिम खेलमा नेपालले यूएईविरुद्ध टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। घरेलु मैदानमा सिरिज बराबरी गर्न नेपाललाई आजको खेल जित्नैपर्ने दबाब रहेको छ।
पहिलो खेलमा पराजित भएको नेपालले यसपटक टोलीमा चार परिवर्तन गरेको छ, जसमा सन्तोष यादवले पहिलो पटक टी–२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका छन्। डे–नाइट स्वरूपमा फ्लडलाइटमुनि भइरहेको यो खेल कीर्तिपुर मैदानका लागि पनि विशेष छ।
नेपालका लागि आजको खेल अझ महत्वपूर्ण बनेको छ, किनकि पहिलो पटक टी–२० टोलीको नेतृत्व दिपेन्द्र सिंह ऐरीले आधिकारिक रूपमा सम्हालेका छन्। नयाँ कप्तानका रूपमा ऐरी जितसहित आफ्नो सुरुआत मजबुत बनाउन चाहन्छन्।
यसअघि भएको पहिलो खेलमा यूएईले ६ विकेटले सहज जित निकालेको थियो। वर्षाका कारण छोट्याइएको खेलमा दिएको ७८ रनको लक्ष्य यूएईले ८.५ ओभरमै पूरा गरेको थियो। नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिए पनि टोलीलाई जित दिलाउन पर्याप्त भएन।
पहिलो खेलमा नेपालको फिल्डिङ कमजोर देखिएको थियो, जहाँ विकेटकिपर अर्जुन साउदले समेत सहज क्याच छुटाएका थिए। यूएईले सुरुवातदेखि नै आक्रामक ब्याटिङ गर्दै पहिलो ओभरमै २० रन जोडेर खेल आफ्नो पक्षमा पारेको थियो।
नेपालले यस सिरिजमार्फत पहिलो पटक एकदिवसीय र टी–२० का लागि अलग–अलग कप्तानको अभ्यास पनि सुरु गरेको छ, जसले टोली संरचनामा नयाँ प्रयोगको संकेत गरेको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij