नेपाल सम्वत् ११४६, बछलाथ्वः ४ चौथी (८ बैशाख, २०८३, २१ अप्रिल, २०२६) मंगलबार, बाँपिझ्याला । भारतको पश्चिम बङ्गालमा हुन लागेको विधानसभा चुनावलाई लक्षित गर्दै सोमबार साँझदेखि पूर्वी सीमा नाका ७२ घण्टाका लागि बन्द गरिएको छ।
दार्जिलिङ जिल्ला प्रशासन कार्यालयले सोमबार साँझ ६ बजेदेखि वैशाख १० गते मतदान सम्पन्न नभएसम्म काँकरभिट्टासँग जोडिएको पानीटङ्की नाकाबाट मानिस तथा सवारीसाधनको आवतजावत पूर्ण रूपमा बन्द गरेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार निर्वाचन सुरक्षालाई ध्यानमा राख्दै उक्त अवधिमा पैदल यात्री र सवारीसाधन दुवैको आवागमनमा पूर्ण प्रतिबन्ध लगाइएको छ।
यद्यपि उपचारका लागि जाने बिरामी तथा अत्यावश्यक काममा जाने व्यक्तिलाई परिचयपत्रका आधारमा आवतजावत गर्न दिने व्यवस्था गरिएको छ। नेपाल र बङ्गलादेशका पर्यटकलाई पनि आवश्यक कागजात देखाएर आफ्नो देश फर्कन सहजीकरण गरिने बताइएको छ।
यसअघि पनि दुवै देशमा चुनावको समयमा आपसी सहमतिमा सीमा नाका बन्द गर्ने अभ्यास रहँदै आएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij