Aug 19 2026 | २०८३, भाद्र ३ गते

Aug 19 2026 | २०८३, भाद्र ३ गते

चलचित्र ‘काजी’ को प्रदर्शन मिति घोषणा, टिजर सार्वजनिक

चलचित्र ‘काजी’ को प्रदर्शन मिति घोषणा, टिजर सार्वजनिक

नेपाल सम्वत् ११४६, बछलाथ्वः ४ चौथी (८ बैशाख, २०८३, २१ अप्रिल, २०२६) मंगलबार, बाँपिझ्याला । अभिनेता विपिन कार्कीको मुख्य भूमिका रहेको चलचित्र ‘काजी’ को प्रदर्शन मिति घोषणा गर्दै टिजर सार्वजनिक गरिएको छ। मायाप्रेममा आधारित यस चलचित्रमा केकी अधिकारी, गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकीलगायत कलाकारहरूको अभिनय रहेको छ।

रामप्रसाद रिजालको प्रस्तुति तथा रिजाल एन्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रलाई लक्ष्मण रिजालले निर्देशन गर्नुभएको हो। प्रदीप भारद्वाजको पटकथा रहेको यस चलचित्रमा चिन्तन राजभण्डारीको छायाङ्कन, कालीप्रसाद बाँस्कोटाको सङ्गीत, ओजस्वी ओझाको प्रोडक्सन डिजाइन, श्याम कुँवरको रङ संयोजन, सागर अर्यालको लोकेसन ध्वनि तथा सुजिल कर्माचार्यको पाश्र्व सङ्गीत रहेको छ।

चलचित्र आगामी जेठ ८ गतेबाट प्रदर्शनमा आउने भएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार