Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

प्रिमियर लिगमा लिड्स र बर्नमाउथको प्रभावशाली जित

प्रिमियर लिगमा लिड्स र बर्नमाउथको प्रभावशाली जित

नेपाल सम्वत् ११४६, बछलाथ्वः २ द्वितिया (६ बैशाख, २०८३, १९ अप्रिल, २०२६) आईतबार, बाँपिझ्याला । इंग्लिस प्रिमियर लिगमा लिड्स युनाइटेडले वुल्भसविरुद्ध ३–० को सहज जित निकालेको छ । शनिबार लिड्सलाई घरेलु मैदान इलान्ड रोडमा जित दिलाउन जेम्स जस्टिन, नोअह ओकाफर र डोमिनिक काल्भर्ट लेविनले समान एक गोल गरे । 

लिड्सले पहिलो हाफमा दुई गरेको थियो । दोस्रो हाफमा एक गोल गरेको हो । खेलको १८औँ मिनेटमा जस्टिनले लिड्सलाई अग्रता दिलाएका थिए । २०औँ मिनेटमा ओकाफरले अग्रता दोब्बर बनाए । इन्ज्युरी समयमा लेविनले गोल गर्दै टोलीको जित सुनिश्चित गरेका हुन् ।

जितसँगै लिड्सले ३९ अंक जोडेको छ । तालिकाको १५औँ स्थानमा रहेको लिड्सले ३३ खेलमा नौ जित र समान १२ बराबरी र हारसहित यो नतिजा आत्मसात् गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार