नेपाल सम्वत् ११४६, बछलाथ्वः २ द्वितिया (६ बैशाख, २०८३, १९ अप्रिल, २०२६) आईतबार, बाँपिझ्याला । पूर्वराजा ज्ञानेन्द्र शाह यसै साता पोखरा भ्रमणमा जाने भएका छन्। संवाद सचिव फणि पाठकद्वारा जारी सूचनाअनुसार उनी पत्नी कोमल राज्य लक्ष्मी देवी शाहसँगै पोखरा जान लागेका हुन्।
भ्रमणका क्रममा पूर्वराजा विभिन्न कार्यक्रमहरूमा सहभागी हुनुका साथै शुभेच्छुकहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको जनाइएको छ। पछिल्लो समय उनले नयाँ वर्षको अवसरमा दिएको सन्देशमा बालेन शाह नेतृत्वप्रति नरम धारणा व्यक्त गरेको चर्चा समेत भएको थियो।
यो भ्रमणलाई पूर्वराजाको सार्वजनिक गतिविधिका रूपमा महत्त्वपूर्ण रूपमा हेरिएको छ, जहाँ उनी समर्थकहरूसँग प्रत्यक्ष संवादमा सहभागी हुने अपेक्षा गरिएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij