Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

ललितपुरमा रातो मच्छिन्द्रनाथ जात्राको रथारोहण सम्पन्न

ललितपुरमा रातो मच्छिन्द्रनाथ जात्राको रथारोहण सम्पन्न

नेपाल सम्वत् ११४६, बछलाथ्वः २ द्वितिया (६ बैशाख, २०८३, १९ अप्रिल, २०२६) आईतबार, बाँपिझ्याला । ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको रातो मच्छिन्द्रनाथ जात्रा अन्तर्गत रथारोहण सम्पन्न भएको छ। उपत्यकाकै सबैभन्दा लामो जात्राका रूपमा चिनिने यस पर्व प्रत्येक वर्ष वर्षा र सहकालका देवताका रूपमा पूजा गरिने रातो मच्छिन्द्रनाथसँग सम्बन्धित छ।

गुठी संस्थानका अनुसार रथ निर्माण सम्पन्न भएपछि शनिबार मच्छिन्द्रबहालबाट देवताको मूर्ति पुलचोक पुर्‍याई विधिपूर्वक पूजाअर्चना गरी रथमा विराजमान गराइएको हो। रथ निर्माणसँग सम्बन्धित बाराही नाइके प्रेम महर्जनका अनुसार पूजाहारीमार्फत सम्पूर्ण धार्मिक विधि पूरा गरी रथारोहण सम्पन्न गरिएको हो।

परम्पराअनुसार आगामी वैशाख ८ गते बेलुकी पुलचोकबाट रथ तानेर गाबहालतर्फ लैजाने कार्यक्रम तय गरिएको छ। यो जात्रा ललितपुरको सांस्कृतिक पहिचानसँग जोडिएको महत्वपूर्ण उत्सवका रूपमा प्रत्येक वर्ष श्रद्धा र उत्साहका साथ मनाइँदै आएको छ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार