नेपाल सम्वत् ११४६, चौलागाः १५ औसी (४ बैशाख, २०८३, १७ अप्रिल, २०२६) शुक्रबार, बाँपिझ्याला । शुक्रबार सङ्घीय संसद सचिवालय, सिंहदरबारमा आयोजित कार्यक्रममा प्रतिनिधि सभाका दश र दुई संयुक्त समितिका नवनिर्वाचित सभापतिहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। उनीहरूलाई डोलप्रसाद अर्याल समक्ष शपथ गराइएको हो।
नवनिर्वाचित सभापतिहरूमा अर्थ समितिमा डा. कृष्णहरि बुढाथोकी, अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा सुम्निमा उदास, उद्योग–वाणिज्य तथा श्रम–उपभोक्ता हित समितिमा रहवर अन्सारी, कानून–न्याय तथा मानवअधिकार समितिमा समीक्षा बास्कोटा चयन भएका छन्। यसैगरी राज्य व्यवस्था तथा सुशासन समितिमा हरि ढकाल र सार्वजनिक लेखा समितिमा भरतबहादुर खड्का निर्वाचित भएका छन्।
महिला तथा सामाजिक मामिला समितिमा आकृति अवस्थी, पूर्वाधार विकास समितिमा आशिष गजुरेल र कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा अशोक चौधरी सभापति बनेका छन्। शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा डा. ओजस्वी शेरचन, संसदीय सुनुवाइ संयुक्त समितिमा बोधनारायण श्रेष्ठ र राज्यका निर्देशक सिद्धान्त सम्बन्धी समितिमा गणेश कार्की निर्वाचित भएका छन्।
केही समितिहरूमा एकभन्दा बढी उम्मेदवार परेपछि ध्वनि मतका आधारमा निर्णय गरिएको थियो। निर्वाचित १२ मध्ये ११ सभापति राष्ट्रिय स्वतन्त्र पार्टी का सांसद छन् भने सार्वजनिक लेखा समितिमा नेपाली कांग्रेस का भरतबहादुर खड्का चयन भएका हुन्।
शपथपछि सबै नवनिर्वाचित सभापतिहरूले आफ्ना-आफ्ना समितिको कार्यालयमा पदबहाली पनि गरेका छन्।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij