भारतको कुल वस्तु तथा सेवा निर्यात आर्थिक वर्ष २०२५–२६ मा ४.२२ प्रतिशतले वृद्धि हुँदै ८६०.०९ अर्ब अमेरिकी डलर पुगेको छ। वाणिज्य सचिव राजेश अग्रवालले नयाँदिल्लीमा सार्वजनिक गरेको तथ्याङ्कअनुसार अघिल्लो वर्षको तुलनामा निर्यातमा सकारात्मक सुधार देखिएको हो।
यस अवधिमा वस्तु निर्यात ०.९३ प्रतिशतले बढेर ४४१.७८ अर्ब डलर पुगेको छ, जुन अघिल्लो वर्ष ४३७.७ अर्ब डलर थियो। इन्जिनियरिङ सामग्री, पेट्रोलियम उत्पादन, अभ्रक, कोइला तथा अन्य खनिज पदार्थ, खाद्यान्न र हस्तकलाका सामग्रीको निर्यातमा भएको वृद्धिले समग्र निर्यात बढाउन सहयोग गरेको छ।
यद्यपि आयात अझ तीव्र गतिमा बढेको छ। आर्थिक वर्ष २०२५–२६ मा करिब ९७० अर्ब अमेरिकी डलर बराबरको आयात भएको छ, जुन अघिल्लो वर्षको तुलनामा ६.४७ प्रतिशतले बढी हो।
आयातको तीव्र वृद्धिका कारण भारतको व्यापार घाटा पनि उल्लेखनीय रूपमा बढेको छ। अघिल्लो वर्ष ९४.६६ अर्ब डलर रहेको घाटा यस वर्ष बढेर ११९.३ अर्ब डलर पुगेको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij