Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

भक्तपुरमा इतिहास रचियो: महिलाहरूले पहिलोपटक नकिजु अजिमाको रथ ताने

भक्तपुरमा इतिहास रचियो: महिलाहरूले पहिलोपटक नकिजु अजिमाको रथ ताने

भक्तपुरमा मनाइँदै आएको बिस्केट जात्राको सातौँ दिन यस वर्ष ऐतिहासिक बन्यो। नकिजु अजिमा (भद्रकाली)को दुईतले रथ पहिलोपटक महिलाहरूले मात्रै तानेर नयाँ इतिहास कायम गरेका छन्। यसअघि हरेक वर्ष पुरुषहरूले मात्र तान्दै आएको यो रथ जात्रा व्यवस्थापन समितिको आह्वानमा महिलाहरूले सम्हालेका हुन्।

आठ रात नौ दिनसम्म भव्य रूपमा मनाइने यस जात्रामा वैशाख १ गते ल्यासिंखेलमा लिङ्गो ढाल्ने र त्यहीँबाट भैरव तथा भद्रकालीको रथ तानेर गःहिटीमा जुधाउने परम्परा रहेको छ। यसपटक नकिजु अजिमाको रथ तान्न हजारौँ महिलाको उल्लेखनीय सहभागिता देखिएको थियो।

यसै दिन ब्रम्हायणी र महेश्वरीको तिप्वा जात्राको खट पनि जुधाइएको छ, जुन बिस्केट जात्राको सातौँ दिनको अर्को प्रमुख आकर्षण हो।

आज आठौँ दिन सुगन जात्रा मनाइँदैछ, जहाँ स्थानीयले विभिन्न देवीदेवताका मन्दिरमा पुगेर पूजा तथा सगुन चढाउने परम्परा छ। जात्राको अन्तिम दिन वैशाख ५ गते भैरवको रथ तानेपछि यो भव्य पर्व सम्पन्न हुने गर्दछ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार