नेपाल सम्वत् ११४६, चौलागाः १४ चर्तुदशी (३ बैशाख, २०८३, १६ अप्रिल, २०२६) बिहीबार, बाँपिझ्याला । प्रतिनिधि सभा निर्वाचनमा भएको ठूलो पराजयपछि नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले अहिलेसम्म संस्थागत समीक्षा सुरु नगरेको अवस्थामा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी को राजनीतिक सक्रियता भने तीव्र बनेको छ।
भण्डारीले एमाले अध्यक्ष केपी शर्मा ओली लाई निर्वाचनपछि तीन पटक भेटिसकेकी छन्। पछिल्लो भेट महाराजगञ्जस्थित शिक्षण अस्पतालमा भएको थियो, जहाँ ओली उपचाररत छन्। यसअघि पनि उनी शोकको समयमा र पक्राउअघि ओलीलाई भेट्न पुगेकी थिइन्। यी भेटहरू सहानुभूतिमा मात्र सीमित नरही पार्टीको वर्तमान संकट र भविष्यबारे गम्भीर छलफल भएको बताइएको छ।
स्रोतका अनुसार भण्डारीले ओलीसँग पार्टी पुनर्गठनको प्रस्ताव राखेकी छन्। तर ओली त्यसमा सकारात्मक नदेखिएको र बाह्य कारणले चुनावमा हार व्यहोर्नुपरेको तर्क गरेको बताइन्छ। यद्यपि भण्डारीले शीर्ष नेताहरूसँग भेटघाट बढाउँदै पुनर्गठनको बहसलाई तीव्र बनाएकी छन्।
भण्डारी निवासमै एमाले पदाधिकारीहरूसँग सामूहिक छलफलसमेत भइसकेको छ, जहाँ अधिकांश नेताहरू पार्टी पुनर्गठनको पक्षमा देखिएका छन्। केही नेताहरू अनुपस्थित रहे पनि उपस्थित नेताहरूले नेतृत्व परिवर्तन आवश्यक रहेको निष्कर्ष निकालेको स्रोतको दाबी छ।
निर्वाचनमा एमाले प्रत्यक्षतर्फ ९ र समानुपातिकतर्फ १८ सिटमा सीमित हुँदै २५ सिटमा खुम्चिएको थियो। यस्तो पराजयपछि पनि पार्टीले औपचारिक समीक्षा नगर्दा आन्तरिक असन्तुष्टि बढ्दो छ। यही अवस्थाबीच भण्डारीले आफूलाई नेतृत्वमा ल्याउने पहल समेत अगाडि बढाइरहेको बुझिएको छ।
यसैबीच, ओली व्यक्तिगत कारण—पारिवारिक शोक, गिरफ्तारी र स्वास्थ्य उपचार—का कारण सक्रिय राजनीतिमा पूर्ण रूपमा केन्द्रित हुन नसकेको अवस्था छ। यस्तो परिस्थितिमा एमालेभित्र नेतृत्व र पुनर्गठनको बहस झन् चर्किएको देखिन्छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij