नेपाल सम्वत् ११४६, चौलागाः १४ चर्तुदशी (३ बैशाख, २०८३, १६ अप्रिल, २०२६) बिहीबार, बाँपिझ्याला । बिस्काः जात्रा अन्तर्गत बोडे मा बुधबार परम्परागत जिब्रो छेड्ने जात्रा सम्पन्न भएको छ। यस वर्ष पनि सुजन बाग श्रेष्ठले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिनुभएको छ। उहाँले गत वर्ष पनि यही परम्परा निर्वाह गर्नुभएको थियो।
जिब्रो छेड्ने व्यक्ति तीन दिनअघि देखि उपवास बस्ने परम्परा अनुसार सुजनले पानी मात्र पिएर व्रत बस्नुभएको थियो। गणेश मन्दिर अगाडि नकर्मी नाइकेले फलामको लामो सुइरो प्रयोग गरी जिब्रो छेडिदिएका थिए। त्यसपछि उहाँले अर्धचन्द्राकार महादीप बोकेर महालक्ष्मी मन्दिर लगायतका क्षेत्रमा परिक्रमा गर्नुभयो।
परिक्रमा सम्पन्न भएपछि मन्दिरमै सुइरो निकालेर जिब्रोको प्वाल माटोले पुरिएको थियो। प्राचीनकालदेखि चल्दै आएको यो जात्रा नीलवाराही सँग सम्बन्धित धार्मिक तथा सांस्कृतिक परम्पराको महत्वपूर्ण हिस्सा मानिन्छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij