नेपाल सम्वत् ११४६, चौलागाः १३ त्रयोदशी ९२ बैशाख, २०८३, १५ अप्रिल, २०२६० बुधबार, बाँपिझ्याला । विराटनगरमा जारी ३८ औँ संस्करणको नोबेल विराट गोल्डकप फुटबल प्रतियोगितामा घरेलु टोली सम्राट स्पोर्टिङ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ।
सहिद मैदानमा मंगलबार सम्पन्न अन्तिम क्वाटरफाइनल खेलमा सम्राटले भारतको झारखण्डस्थित विर्सामुण्डा स्पोर्ट्स एकेडेमीलाई ३–१ गोल अन्तरले पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको हो।
खेलको सुरुआतदेखि नै आक्रामक देखिएको विर्सामुण्डाले पहिलो हाफको अन्त्यतिर अग्रता लिएको थियो। ४४ औँ मिनेटमा शंकर किस्कुले गोल गर्दै पाहुना टोलीलाई १–० को अग्रता दिलाउनुभयो।
पहिलो हाफमा पछि परेको सम्राट दोस्रो हाफमा थप आक्रामक रूपमा मैदान उत्रियो। खेलको ५० औँ मिनेटमा मौसम लिम्बुले सौरव तामाङको उत्कृष्ट क्रस पासलाई सदुपयोग गर्दै बराबरी गोल फर्काउनुभयो।
त्यसपछि खेलको ८६ औँ मिनेटमा प्रताप तामाङले गोल गर्दै सम्राटलाई २–१ को अग्रता दिलाउनुभयो। थप गरिएको अतिरिक्त समयमा प्रतापले नै व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको जित ३–१ मा सुनिश्चित गर्नुभयो।
उत्कृष्ट प्रदर्शन गरेका प्रताप तामाङ ‘प्लेयर अफ द म्याच’ घोषित हुँदै नगद ११ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्न सफल हुनुभयो।
विर्सामुण्डाका लागि शिव शंकर किस्कुले एक सान्त्वना गोल फर्काए पनि अन्य थुप्रै अवसर सदुपयोग गर्न नसक्दा पाहुना टोली प्रतियोगिताबाट बाहिरिन बाध्य भयो।
प्रतियोगिताअन्तर्गत बुधबार पहिलो सेमिफाइनल खेल हुनेछ, जसमा नेपाल पुलिस क्लब र झापा ११बीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।
सम्राट स्पोर्टिङ क्लबले भने फाइनल प्रवेशका लागि वैशाख ३ गते चर्च ब्वाइज युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij