Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

वर्ष २०८२: नेपाली फिल्म र संगीतमा सुस्त बजार, केही स्टारको पुनरागमन

वर्ष २०८२: नेपाली फिल्म र संगीतमा सुस्त बजार, केही स्टारको पुनरागमन

नेपाल सम्वत् ११४६, चौलागाः ११ एकादशी (३० चैत्र, २०८२, १३ अप्रिल, २०२६) सोमबार, बाँपिझ्याला । वर्ष २०८२ नेपाली मनोरञ्जन उद्योगका लागि औसत रह्यो, जहाँ नेपाली चलचित्र उद्योग र संगीत क्षेत्रमा ठूलो उतारचढाव देखिएन। बक्सअफिसका हिसाबले यो वर्ष कमजोर रह्यो भने केही कलाकारले उल्लेखनीय कमब्याक र नयाँ उचाइ हासिल गरे।

गत वर्षको तुलनामा बक्सअफिसमा करिब ४० प्रतिशत गिरावट आयो। अघिल्लो वर्ष १ अर्ब ८० करोड कलेक्सन भएकोमा यो वर्ष जम्मा १ अर्ब ८ करोडमा सीमित रह्यो। यद्यपि परान, आ बाट आमा, जेरी अन टपऊनको स्वीटर जस्ता केही फिल्मले राम्रो व्यापार गर्दै बजारलाई केही हदसम्म धाने।

यस वर्ष छक्का पञ्जा, कबड्डीजात्रा जस्ता सफल श्रृंखलाका नयाँ भाग नआउँदा बजारमा ठूलो असर परेको देखियो। साथै, बलिदानमाइती घर जस्ता अपेक्षित फिल्मले पनि कमजोर प्रदर्शन गरे।

स्टारडम पनि यो वर्ष छायामा रह्यो। दयाहाङ राई, सौगात मल्लप्रदीप खड्का जस्ता चर्चित कलाकारका फिल्मले अपेक्षित सफलता पाउन सकेनन्। तर नीर शाहपल शाह ले भने बलियो पुनरागमन गर्दै बक्सअफिसमा प्रभाव जमाए।

सांगीतिक क्षेत्रमा पनि ठूलो परिवर्तन देखिएन, तर बालेन शाह को ‘जय महाकाली’ गीतले युट्युबमा नयाँ रेकर्ड बनायो। साथै ऊनको स्वीटर को ‘काफ्ले…’ गीत निकै लोकप्रिय बन्यो।

वर्षको अन्त्यतिर अभिनाशविक्रम शाह निर्देशित ‘एलिफेन्ट्स इन द फग’ कान्स फिल्म फेस्टिभल मा छनोट हुनु नेपाली फिल्म उद्योगका लागि सकारात्मक उपलब्धि बन्यो।

समग्रमा, २०८२ मा बजार सुस्त रहे पनि मौलिक कथा भएका फिल्म र केही कलाकारको पुनरागमनले उद्योगलाई केही आशा भने दिएको देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार