नेपाल सम्वत् ११४६, चौलागाः ११ एकादशी (३० चैत्र, २०८२, १३ अप्रिल, २०२६) सोमबार, बाँपिझ्याला । आउँदो वैशाख १ गते रिलिज हुन लागेको फिल्म पहाड प्रिमियर शोमै दर्शक र फिल्मकर्मीबाट सकारात्मक प्रतिक्रिया पाएको छ। बेरोजगारी, रित्तिँदै गएको पहाड र पानी अभावजस्ता समसामयिक विषय उठान गरिएको फिल्मले नेपाली समाजको यथार्थ चित्रण गरेको भन्दै प्रशंसा गरिएको हो।
फिल्मका निर्देशक तुलसी घिमिरे को प्रस्तुतिलाई सराहना गर्दै नीर शाह ले फिल्मले नेपालीपनलाई उजागर गरेको प्रतिक्रिया दिएका छन्। यस्तै, भुवन केसी ले फिल्मलाई स-परिवार हेर्न मिल्ने ‘कम्प्लिट प्याकेज’ बताएका छन् भने जीतु नेपाल ले फिल्म भावनात्मक र यथार्थपरक बनेको बताएका छन्।
प्रिमियरमा दीपाश्री निरौला, दीपक आचार्य, दिवाकर भट्टराई, रमेश उप्रेती र किरण केसी लगायतले पनि फिल्मको खुलेर प्रशंसा गरेका छन्।
फिल्ममा मदनकृष्ण श्रेष्ठ, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, सुनिल थापा, अरुण क्षेत्री लगायतका कलाकारको अभिनय रहेको छ भने नव अभिनेत्री पञ्चमी घिमिरेले यसै फिल्ममार्फत डेब्यु गरेकी छन्।
निर्देशक घिमिरेले फिल्मले पाएको प्रतिक्रियाले आफू उत्साहित भएको बताउँदै पहाडको सुन्दरता मात्र होइन, त्यहाँको सामाजिक र आर्थिक यथार्थ पनि प्रस्तुत गरिएको बताए। युवा पलायनका कारण खाली हुँदै गइरहेको गाउँ र त्यसले निम्त्याएका समस्यालाई फिल्मले गहिरो रूपमा देखाउने प्रयास गरेको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij