Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

आईपीएलमा अनुशासन उल्लंघन: टिम डेभिड र हार्दिक पाण्ड्या जरिवानामा

आईपीएलमा अनुशासन उल्लंघन: टिम डेभिड र हार्दिक पाण्ड्या जरिवानामा

नेपाल सम्वत् ११४६, चौलागाः ११ एकादशी (३० चैत्र, २०८२, १३ अप्रिल, २०२६) सोमबार, बाँपिझ्याला । मुम्बईको वानखेडे स्टेडियम मा भएको इन्डियन प्रिमियर लिग २०२६ अन्तर्गतको खेलमा रोयल च्यालेन्जर्स बेंगलुरु ले मुम्बई इन्डियन्स लाई १८ रनले हराएको थियो। सोही खेलका क्रममा अनुशासन उल्लंघन भएको भन्दै भारतीय क्रिकेट नियन्त्रण बोर्ड ले दुई खेलाडीलाई कारबाही गरेको छ।

आरसिबीका टिम डेभिड लाई अम्पायरको निर्देशन नमानेको आरोपमा म्याच फिको २५ प्रतिशत जरिवाना र एक डिमेरिट पोइन्ट दिइएको छ। बल परिवर्तन गर्ने क्रममा उनले अम्पायरलाई बल फिर्ता दिन ढिलाइ गर्नुका साथै आफैंले जाँच गर्न खोजेका थिए, जसलाई खेलको आचारसंहिताविपरीत मानिएको हो।

यस्तै, मुम्बईका कप्तान हार्दिक पाण्ड्या लाई ‘स्लो ओभर रेट’ का कारण १२ लाख रुपैयाँ जरिवाना गरिएको छ। निर्धारित समयमा ओभर पूरा गर्न नसक्दा उनलाई नियमअनुसार सजाय दिइएको हो। यो सिजनमा उनको टोलीबाट भएको पहिलो यस्तो गल्ती भएकाले यही मात्र जरिवाना लगाइएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार