Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

रातो मच्छिन्द्रनाथ जात्रा वैशाख ८ बाट सुरु हुँदै

रातो मच्छिन्द्रनाथ जात्रा वैशाख ८ बाट सुरु हुँदै

नेपाल सम्वत् ११४६, चौलागाः ११ एकादशी (३० चैत्र, २०८२, १३ अप्रिल, २०२६) सोमबार, बाँपिझ्याला । नेपालमा सबैभन्दा लामो समयसम्म चल्ने जात्राका रूपमा चिनिने रातो मच्छिन्द्रनाथ जात्रा यस वर्ष वैशाख ८ गतेबाट सुरु हुँदैछ। यसका लागि ललितपुर को पुल्चोक क्षेत्रमा रथ निर्माण कार्य तीव्र रूपमा भइरहेको छ।

नेवारी परम्पराअनुसार ‘पारु’ दिनदेखि रथ निर्माण सुरु गरिन्छ र १५ दिनभित्र सम्पन्न गर्नुपर्ने मान्यता छ। रातो मच्छिन्द्रनाथ को महास्नानपछि बाराही समूहले रथ निर्माणको काम प्रारम्भ गर्ने परम्परा रहँदै आएको छ। रथ निर्माणमा बाराही र ञवाल समुदायको विशेष भूमिका हुन्छ, जहाँ बाराहीले मुख्य काठको संरचना बनाउने र ञवालले माथिल्लो तल्ला थप्ने तथा डोरी, बेत र ‘लसी’ तयार गर्ने काम गर्छन्।

रथ निर्माणमा करिब ३५ जना संलग्न रहेका छन्। रथारोहणको दिन ‘बायम्व’ राख्ने चलन छ, जसलाई जात्राको महत्वपूर्ण धार्मिक पक्ष मानिन्छ। अन्तिम दिन, अर्थात् भोटो देखाउने क्रममा भोटो जात्रा मा ‘बायम्व’ हटाइन्छ।

धार्मिक विश्वासअनुसार ‘बायम्व’ घोप्टो परे वर्षा हुने र नपरे खडेरी पर्ने संकेत मानिन्छ, जसले यो जात्रालाई वर्षासँग जोडिएको सांस्कृतिक परम्पराका रूपमा अझ महत्वपूर्ण बनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार