नेपाल सम्वत् ११४६, चौलागाः ११ एकादशी (३० चैत्र, २०८२, १३ अप्रिल, २०२६) सोमबार, बाँपिझ्याला । नेपालमा नेपालको संविधान जारी भएको एक दशकपछि यसको समीक्षा गर्दै संशोधनको बहस औपचारिक रूपमा सुरु गरिएको छ। सरकारले विभिन्न राजनीतिक दलको सहभागितामा ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’ गठन गरी कार्यान्वयनका क्रममा देखिएका चुनौती समाधान गर्ने तयारी थालेको हो।
प्रधानमन्त्री वालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार असीम शाहको संयोजकत्वमा गठित कार्यदलमा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका नेता सदस्य हुनुहुन्छ । कार्यदलले राष्ट्रिय सहमति, तथ्यमा आधारित छलफल र सबैको अपनत्व हुने गरी बहस अघि बढाउने लक्ष्य राखेको छ।
संविधान जारी हुँदा समर्थनसँगै विरोध पनि देखिएको थियो। अहिले भने अपरिवर्तनीय विषय बाहेकका प्रावधानलाई समयानुकूल सुधार गर्न दलहरू सकारात्मक देखिएका छन्। संविधानको धारा २७४ अनुसार केही आधारभूत विषय संशोधन गर्न नसकिने व्यवस्था कायम छ।
मोहन आचार्य ले कार्यान्वयनका क्रममा देखिएका कमीकमजोरी सच्याउँदै जनताको अपेक्षाअनुसार संशोधन गर्नुपर्ने बताएका छन्। त्यस्तै देवप्रसाद गुरुङ ले दुई महिनाभित्र बहसपत्र तयार गर्ने लक्ष्य रहेको जानकारी दिएका छन्।
नेपाल बार एसोसिएसन का अध्यक्ष विजयप्रसाद मिश्र ले संविधानलाई समयसापेक्ष बनाउन आवश्यक प्रावधान थप्ने र अनावश्यक हटाउने सुझाव दिएका छन्। साथै विज्ञ, नागरिक समाज र सरोकारवालासँग व्यापक परामर्श आवश्यक रहेकोमा जोड दिइएको छ।
सरकार र राजनीतिक दलहरूले राष्ट्रिय हित, स्थिरता र जनअपेक्षालाई केन्द्रमा राखेर संशोधन प्रक्रिया अघि बढाउने तयारी गरेका छन्, तर यो प्रक्रिया जटिल र संवेदनशील भएकाले सबै पक्षको सहमति आवश्यक पर्ने देखिन्छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij