नेपाल सम्वत् ११४६, चौलागाः १० दशमी, (२९ चैत्र, २०८२, १२ अप्रिल, २०२६) आईतबार, बाँपिझ्याला । पोखरा–मुग्लिन सडक आयोजनाअन्तर्गत पोखरा खण्डको निर्माण कार्य अहिले विद्युत् संरचनासम्बन्धी समस्याका कारण प्रभावित भएको छ। विशेषगरी विमानस्थलका लागि लगिएको ११ केभी डेडिकेटेड विद्युत् लाइनका पोल समयमै नहटाइँदा सडकको सर्विस लेन र फुटपाथ निर्माण हुन सकेको छैन। कुँडहरस्थित सबस्टेशनदेखि विमानस्थल प्रवेशमार्गसम्म रहेका २९ वटा पोल निर्माणको मुख्य अवरोध बनेका छन्।
सडक आयोजनाका प्रमुख इन्जिनियर कृष्णबहादुर कुँवरका अनुसार सम्बन्धित निकायलाई पटकपटक जानकारी गराउँदा पनि समस्या समाधानतर्फ कुनै ठोस पहल भएको छैन। विमानस्थलले आफ्नै संरचनाबाट डेडिकेटेड लाइन प्रयोग गरिरहेको भए पनि त्यसलाई भूमिगत प्रणालीमा रूपान्तरण गर्न आवश्यक भुक्तानी अझै भएको छैन। यही कारणले पुरानै पोल र लाइन प्रयोगमा रहिरहेका छन्।
नेपाल विद्युत् प्राधिकरण का इन्जिनियर आनन्द सुवेदीले भने भूमिगत लाइनका लागि आवश्यक संरचना तयार भइसकेको जानकारी दिनुभएको छ। तर विमानस्थलले करिब रु १ करोड ६३ लाख भुक्तानी नगरेसम्म नयाँ प्रणाली सञ्चालन गर्न नसकिने स्पष्ट पारिएको छ। प्राधिकरणले भुक्तानी नभएसम्म सेवा सुरु गर्दा भविष्यमा कानुनी समस्या आउन सक्ने चिन्ता व्यक्त गरेको छ।
यस विवादका कारण सडक निर्माणको गति प्रभावित भएको छ। आयोजनाको म्याद थप भई आगामी असार १५ गतेसम्म कायम भए पनि अझै पूर्णता पाउनेमा चुनौती देखिएको छ। हालसम्म सडकको भौतिक प्रगति ७७ प्रतिशतभन्दा बढी भए पनि बाँकी काम विशेषगरी अवरोध हटाउनमै निर्भर छ।
भूमिगत विद्युतीय लाइन निर्माण कार्य पनि प्रगतिमा रहेकाले भविष्यमा समस्या समाधान हुने अपेक्षा गरिएको छ। यस विषयमा मन्त्रालय तहमा समेत छलफल भइसकेकाले निकट भविष्यमा समन्वय भएर समस्या समाधान हुने आशा गरिएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij