नेपाल सम्वत् ११४६, चौलागाः ८ अष्टमी (२७ चैत्र, २०८२, १० अप्रिल, २०२६) शुक्रवार, बाँपिझ्याला । बिस्केट जात्रा आजदेखि भक्तपुर मा भव्यरूपमा सुरु भएको छ। आठ रात नौ दिनसम्म मनाइने यो ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको जात्रा टौमढीस्थित पाँचतले मन्दिर अगाडिबाट भैरवनाथ र भद्रकाली को रथ तानातान गर्दै शुक्रबार अपराह्नबाट सुरु गरिएको हो।
काठबाट प्यागोडा शैलीमा बनेको तीनतले रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई राखेर थने (माथिल्लो) र क्वने (तल्लो) टोलबीच तानातान गर्दै लैजाने परम्परा रहेको छ। जात्राको क्रममा गःहिटीमा भैरवनाथलाई बलि चढाएर गुठी संस्थान द्वारा सरकारी पूजा गरिन्छ।
जात्राको चौथो दिन कुमाले टोलमा ल्हामरु म्ह लिङ्गो उभ्याइन्छ भने साँझ तान्त्रिक विधिअनुसार ल्योसिङख्योमा ५५ हात लामो लिङ्गो ठड्याइन्छ। पाँचौँ दिन अर्थात् नयाँ वर्ष (वैशाख १) मा सोही लिङ्गो ढाल्ने परम्परा छ।
छैटौँ दिन महाकाली र महालक्ष्मीको जात्रा, सातौँ दिन ब्रम्हायणी र महेश्वरी देवीको चिरागसहित मुस्याप्वा जात्रा मनाइन्छ। अन्तिम दिन पुनः भैरवनाथ र भद्रकालीको रथलाई गःहिटीबाट तान्दै तमारीस्थित भैरवनाथ मन्दिर परिसरमा पुर्याएपछि जात्रा सम्पन्न हुन्छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij