Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

च्याम्पियन्स लिग: पीएसजीले लिभरपुलविरुद्ध पहिलो लेगमा २–० को जित हाँसिल

च्याम्पियन्स लिग: पीएसजीले लिभरपुलविरुद्ध पहिलो लेगमा २–० को जित हाँसिल

नेपाल सम्वत् ११४६ (२६ चैत्र, २०८२, ९ अप्रिल, २०२६) बिहीबार, बाँपिझ्याला । साबिक विजेता पेरिस सेन्ट जर्मन (पीएसजी) ले लिभरपुल विरुद्ध च्याम्पियन्स लिग को क्वार्टरफाइनलको पहिलो लेगमा २–० को जित हात पारेको छ।

बुधबार पार्क डे प्रिन्सेस मा भएको खेलमा पीएसजीले पहिलो र दोस्रो हाफमा समान एक–एक गोल गर्दै बलियो अग्रता बनाएको थियो। खेलको ११औँ मिनेटमा डिजायरे डुअे ले गोल गर्दै पीएसजीलाई प्रारम्भिक अग्रता दिलाएका थिए।

दोस्रो हाफमा, ६५औँ मिनेटमा ख्भिचा भारात्स्केलिया ले उत्कृष्ट फिनिसिङ गर्दै अग्रतालाई दोब्बर बनाए। त्यसपछि लिभरपुलले खेलमा फर्कने प्रयास गरे पनि पीएसजीको कडा रक्षापंक्तिले कुनै मौका दिएन।

यो जितसँगै पीएसजीले दोस्रो लेग अघि २–० को महत्वपूर्ण अग्रता बनाएको छ। दोस्रो लेग अप्रिल १५ मा लिभरपुलको घरेलु मैदानमा हुनेछ, जहाँ लिभरपुलले पुनरागमनको चुनौती सामना गर्नेछ भने पीएसजी सेमिफाइनल यात्रा सुनिश्चित गर्ने लक्ष्यमा रहनेछ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार