Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

अमेरिका–इरान युद्धविराममा नेपालको स्वागत, शान्तिपूर्ण संवादमा जोड

अमेरिका–इरान युद्धविराममा नेपालको स्वागत, शान्तिपूर्ण संवादमा जोड

नेपाल सम्वत् ११४६ (२६ चैत्र, २०८२, ९ अप्रिल, २०२६) बाँपिझ्याला । नेपाल सरकारले संयुक्त राज्य अमेरिकाइस्लामिक गणतन्त्र इरानबीच दुई साताका लागि भएको युद्धविराम सम्झौताको स्वागत गरेको छ। परराष्ट्र मन्त्रालयले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा पश्चिम एसियामा बढ्दो तनाव कम गर्न यस सहमतिलाई सकारात्मक र महत्त्वपूर्ण कदमका रूपमा व्याख्या गरेको छ।

मन्त्रालयका अनुसार, उक्त युद्धविरामले आपसी मतभेदहरूलाई संवाद, कूटनीति र शान्तिपूर्ण माध्यमबाट समाधान गर्ने नयाँ अवसर सिर्जना गरेको छ। नेपालले यसलाई क्षेत्रीय शान्ति र स्थायित्व प्रवर्द्धनतर्फको महत्वपूर्ण पहल मान्दै कुनै पनि विवादको दीर्घकालीन समाधान शान्तिपूर्ण वार्ताबाटै हुनुपर्नेमा जोड दिएको छ।

विज्ञप्तिमा द्वन्द्वका कारण सर्वसाधारणमा परेको मानवीय प्रभावप्रति गम्भीर चिन्ता व्यक्त गर्दै नागरिकको सुरक्षा र हितलाई उच्च प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याइएको छ। साथै, क्षेत्रीय तथा विश्वव्यापी रूपमा दिगो शान्ति स्थापना गर्न अन्तर्राष्ट्रिय समुदायले गरिरहेका प्रयासहरूमा नेपालको पूर्ण समर्थन रहने प्रतिबद्धता समेत व्यक्त गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार