नेपाल सम्वत् ११४६ चौलागाः (२४ चैत्र, २०८२, ०७ अप्रिल २०२६) मंगलबार, बाँपिझ्याला । काठमाण्डौ महानगरपालीकाका कार्यवाहक महानगर प्रमुख सुनीता डंगोलले दोलखाको रातो मच्छिन्द्रनाथको रथजात्राको दर्शन गरि काठमाण्डौ फर्कन भएको छ ।
कार्यवाहक प्रमुख सुनीता डंगोलज्यू भीमेश्वर नगरपालिका र मेलुङ गाउँपालिकाको आमन्त्रण एक कार्यक्रममा सहभागी हुन दोलखा आउनु भएको हो । दोलखाको पर्यटकीय स्थल कालिञ्चोक माईको दर्शन गरी, दोलखाको रातो मच्छिन्द्रनाथको रथ जात्रामा सहभागी भएर काठमाडौँ फर्किनु भएको छ।
भीमेश्वर नगरपालीका वडा नं. २ का वडाध्यक्ष स्टालिन श्रेष्ठले दोलखाको नेपाल (नेवार) भाषा, संस्कृति र परम्पराका बारेमा जानकारी गराउँदै, संस्कृति संरक्षणका लागि काठमाडौँ महानगरसँग सहयोगको प्रस्ताव पत्र पेश गर्नुभयो।
दोलखाको रातो मच्छिन्द्रनाथको रथजात्रामा हजारौं भक्तजनहरुको सहभागीत रहेको थियो ।
यसै गरी भीमेश्वर नगरपालीकाका नगर प्रमुख ईस्वरनारायण मानन्धर र नगर उपप्रमुख कमला बस्नेतसंग भेटघाट गरिएको छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij