लुम्बिनीमा वर्षौँदेखि प्रयोगविहीन अवस्थामा थन्किएका विद्युतीय बस अन्ततः सञ्चालनमा आएका छन्। पर्यटकलाई सहज र प्रदूषणरहित यातायात सेवा उपलब्ध गराउने उद्देश्यले ल्याइएका यी बस लामो समय कानुनी झन्झटका कारण प्रयोगमा आउन सकेका थिए।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निर्देशनपछि ती बसहरूलाई लुम्बिनीमै सञ्चालन गर्ने व्यवस्था मिलाइएको हो। लुम्बिनी विकास कोष का सदस्यसचिव दिपक श्रेष्ठका अनुसार कोषअन्तर्गत रहेका पाँच विद्युतीय बसमध्ये दुईवटा बस हालदेखि पर्यटक सेवामा सञ्चालनमा आएका छन्।
यी बसहरू एसियाली विकास बैंकको सहयोगमा ‘क्लिन इनर्जी’ परियोजनाअन्तर्गत करिब ६ वर्षअघि ल्याइएका थिए। सन् २०७७ (ई.सं. २०२०) मा पाँचवटा बस र १४ वटा विद्युतीय भ्यान लुम्बिनी भित्र्याइए पनि कानुनी प्रक्रिया र सञ्चालन व्यवस्थापनका जटिलताका कारण ती सवारी साधन लामो समय प्रयोगविहीन बनेका थिए।
यसबीचमा ती बसहरूलाई काठमाडौं लैजाने तयारीसमेत गरिएको थियो। तर स्थानीयस्तरबाट यसको विरोध भएपछि बसहरू लुम्बिनीमै सञ्चालन गर्न पहल गरिएको हो। अन्ततः सरकारी निर्देशनपछि समस्या समाधान हुँदै सेवा सुरु गरिएको हो।
अब बस सञ्चालनसँगै लुम्बिनी भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरूले सहज, सुरक्षित र वातावरणमैत्री यातायात सुविधा पाउने अपेक्षा गरिएको छ। यसले लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्द्धनसँगै स्वच्छ ऊर्जा प्रयोगको सन्देश पनि प्रवाह गर्ने विश्वास गरिएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij