नेपाल सम्वत् ११४६, चौलाथ्वः १३ तृर्तिया (१७ चैत्र, २०८२, ३१ मार्च, २०२६) मंगलबार, बाँपिझ्याला । चरिकोटस्थित Apex School ले साना बालबालिकामा शिक्षाप्रति रुचि र आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्यले दीक्षान्त समारोह आयोजना गरेको छ। विद्यालयले २०७५ सालदेखि सुरु गरेको यो परम्परागत कार्यक्रम हरेक वर्ष आयोजना हुँदै आएको छ र यस वर्ष पनि विद्यार्थी, अभिभावक तथा शिक्षकहरूको सक्रिय सहभागितामा सम्पन्न भएको छ।
समारोहमा औपचारिक पोसाकमा सजिएका विद्यार्थीहरूलाई दीक्षित गरिएको थियो। कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुति दिएका थिए, जसले बालबालिकाको प्रतिभा विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।
त्यसैगरी, अभिभावक र शिक्षकबीच डोरी तान्ने खेल आयोजना गरियो, जसले विद्यालय र अभिभावकबीचको सम्बन्ध सुदृढ बनाउन मद्दत पुगेको विद्यालयले जनाएको छ। यस्ता कार्यक्रममार्फत विद्यालयले बालबालिकामा शिक्षाप्रति सकारात्मक दृष्टिकोण र अध्ययनप्रतिको रुचि बढाउने लक्ष्य राखेको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij