नेपाल सम्वत् ११४६, चौलाथ्वः १० दशमी (१४ चैत्र, २०८२, २८ मार्च, २०२६) शनिवार, बाँपिझ्याला । विश्वकै लोकप्रिय फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग २०२६ आजदेखि औपचारिक रूपमा सुरु हुँदैछ। उद्घाटन खेलमा साविक विजेता रोयल च्यालेन्जर्स बेंगलुरु र सनराइजर्स हैदराबाद बीच प्रतिस्पर्धा हुनेछ। खेल राति ७ः४५ बजे एम चिन्नास्वामी स्टेडियम मा सुरु हुनेछ।
बेंगलुरुको कप्तानी रजत पाटिदार ले सम्हाल्नेछन् भने हैदराबादका लागि इशान किशन ले निमित्त कप्तानको भूमिका निर्वाह गर्नेछन्। नियमित कप्तान प्याट कमिन्स ढाडको चोटका कारण सुरुआती केही खेल गुमाउने भएका छन्।
प्रतियोगिताको प्रारम्भिक चरण मार्च २८ देखि अप्रिल ११ सम्म सञ्चालन हुनेछ, जसमा २० खेल खेलाइनेछन्। त्यसपछि अप्रिल १३ देखि मे २४ सम्म थप ५० खेल आयोजना गरिनेछ। यस सिजनका खेलहरू भारतका विभिन्न सहरहरू—बेंगलुरु, मुम्बई, चेन्नई, कोलकाता, दिल्ली, अहमदाबाद, हैदराबाद, लखनउ, जयपुर, धर्मशाला, रायपुर र नयाँ चण्डीगढमा हुनेछन्।
यस संस्करणमा आठ डबल–हेडर खेलहरू पनि समावेश छन्, जहाँ एकै दिन दुई खेल हुनेछन्। दिउँसोको खेल नेपाली समयअनुसार ३ः४५ बजे र बेलुकीको खेल ७ः४५ बजे सुरु हुनेछ। रोयल च्यालेन्जर्स बेंगलुरुले आफ्ना केही घरेलु खेल रायपुरमा पनि खेल्नेछ भने पञ्जाब किंग्स ले धर्मशाला र नयाँ चण्डीगढलाई होम ग्राउन्ड बनाउनेछ।
विशेष रूपमा मे ११ मा दिल्ली क्यापिटल्स र पञ्जाब किंग्सबीच धर्मशालामा हुने खेल निकै चर्चित हुने अपेक्षा गरिएको छ, जुन अघिल्लो सिजनमा अवरुद्ध भई रद्द भएको थियो।
गत संस्करणको फाइनलमा रोयल च्यालेन्जर्स बेंगलुरुले पञ्जाब किंग्सलाई पराजित गर्दै पहिलो पटक उपाधि जितेको थियो, र यसपटक पनि टोली उपाधि रक्षा गर्ने लक्ष्यसहित मैदान उत्रिँदैछ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij