Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

प्रभु बैंक लिमिटेडद्वारा ‘ग्लोबल मनी विक–२०२६’ सफलतापूर्वक सम्पन्न

प्रभु बैंक लिमिटेडद्वारा ‘ग्लोबल मनी विक–२०२६’ सफलतापूर्वक सम्पन्न

नेपाल सम्वत् ११४६, चौलाथ्वः ४ चतुर्थी (८ चैत्र, २०८२, २२ मार्च, २०२६) आईतबार, बाँपिझ्याला । प्रभु बैंक लिमिटेडले Smart Money Talks भन्ने मूल नारासहित ‘ग्लोबल मनी विक–२०२६’ अन्तर्गत देशभर वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरी सम्पन्न गरेको छ। कार्यक्रम २०८२ चैत्र ०२ गतेदेखि सुरु भई चैत्र ०८ गते सम्पन्न भएको हो।

बैंकले सातै प्रदेशमा रहेका २०० भन्दा बढी शाखामार्फत साताव्यापी अभियान सञ्चालन गर्दै वित्तीय साक्षरता, बालबालिका तथा युवालक्षित सचेतनामूलक कार्यक्रम र प्रभातफेरी आयोजना गरेको जनाएको छ। कार्यक्रममा आधुनिक बैंकिङ सेवा, बचत, ऋण, लगानी, विद्युतीय बैंकिङ तथा त्यससम्बन्धी सुरक्षा सतर्कताबारे जानकारी प्रदान गरिएको थियो।

साथै बैंकले डिजिटल ठगीबाट बच्न अज्ञात लिंक नखोल्न, संवेदनशील विवरण साझा नगर्न र सुरक्षित बैंकिङ अभ्यास अपनाउन समेत आग्रह गरेको छ। संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन गरिएको यस अभियानमा समुदाय, महिला, विद्यालय र कलेजका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

प्रदेशगत रूपमा वाग्मतीमा ४७, गण्डकीमा ५२, लुम्बिनीमा १६, कोशीमा ३९, मधेशमा २९, कर्णालीमा १४ र सुदूरपश्चिममा १९ शाखामार्फत कार्यक्रम सञ्चालन गरिएको बैंकले जनाएको छ।

हाल बैंकले देशभर ३१२ शाखा, २८५ एटीएम र ६८ एक्सटेन्सन काउन्टरमार्फत करिब ३६ लाख ग्राहकलाई सेवा प्रदान गर्दै ‘विश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मूल नारासहित आधुनिक बैंकिङ सेवा विस्तार गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार