Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

चैते दशैँमा दोलखा भीमेश्वरमा भक्तजनको घुइँचो

चैते दशैँमा दोलखा भीमेश्वरमा भक्तजनको घुइँचो

नेपाल सम्वत् ११४६, चौलाथ्वः ८ अष्ठमी (१२ चैत्र, २०८२, २६ मार्च, २०२६) बिहीबार, बाँपिझ्याला । आज चैते दशैँ अर्थात् चैत्र शुक्ल अष्टमी। देशका विभिन्न शक्तिपीठहरूसँगै दोलखाको प्रसिद्ध ऐतिहासिक एवं धार्मिक पर्यटकीय स्थल भीमेश्वर मन्दिरमा पनि बिहानैदेखि भक्तजनको ठूलो घुइँचो लागेको छ। वर्षकै दुई वटा ठूला दशैँमध्ये सानो दशैँका रूपमा चिनिने चैते दशैँमा भीमसेनको दर्शन गर्न र बलि चढाउन हजारौँ श्रद्धालुहरू मन्दिर पुगेका छन्।


विशेष गुठी पूजा र परम्परा
चैते दशैँको अवसरमा भीमेश्वर मन्दिरमा विशेष 'गुठी पूजा' पनि हुनेछ । यो पूजा भीमेश्वरको प्राचीन र तान्त्रिक विधिअनुसार गुठीयारहरूद्वारा सम्पन्न गरिन्छ। भीमसेनलाई शक्तिको प्रतीक मानिने हुनाले आजको दिन विशेष बलिको भोग चढाउने परम्परा रहेको छ। मन्दिर परिसरमा बोका, राँगा र हाँसको बलि दिने भक्तजनहरूको लामो लाम लागेको छ।


बिहानैदेखि श्रद्धालुको लाम
दोलखा जिल्लाका विभिन्न स्थानका साथै ओखलढुङ्गा,रामेछाप, सिन्धुपाल्चोक र काठमाडौँदेखि समेत दर्शनार्थीहरू भीमेश्वर आएका छन्। भीमेश्वर नगरपालिका–२ स्थित यो मन्दिरमा बिहान ३ बजेदेखि नै पूजाका लागि लाइन लागेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ। दर्शनार्थीहरूको सहजताका लागि स्वयंसेवक र सुरक्षाकर्मीहरू परिचालन गरिएको छ।


धार्मिक मान्यता र महिमा
भीमेश्वरको शिलालाईपसिना आउँदा देशमा अनिष्ट हुन्छ" भन्ने जनविश्वासका कारण पनि यो मन्दिरको राष्ट्रिय महत्त्व रहेको छ। आजको विशेष पूजामा सहभागी हुनाले परिवारमा सुख, शान्ति र आरोग्य प्राप्ति हुने तथा शत्रुमाथि विजय मिल्ने विश्वास रहेको स्थानीय संस्कृतिविद्हरू बताउँछन्।
आज दिनभरि र रातभरि नै पूजाआजा र दर्शनको कार्यक्रम चल्ने मन्दिर गुठी व्यवस्थापन समितिले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार