Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

अमेरिका-इरान द्वन्द्वमा तनाव र युद्धविराम प्रयास

अमेरिका-इरान द्वन्द्वमा तनाव र युद्धविराम प्रयास

नेपाल सम्वत् ११४६, चौलाथ्वः ७ सप्तमी (११ चैत्र, २०८२, २५ मार्च, २०२६) बुधबार, बाँपिझ्याला ।  अमेरिकाले इरानसँग जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले १५ बुँदे युद्धविराम प्रस्ताव अघि सारेको छ। यो प्रस्ताव पाकिस्तानमार्फत इरानसम्म पुर्‍याइएको छ, जसले अमेरिका र इरानबिच वार्ता पुनः सुरु गराउन मध्यस्थताको संकेत दिएको छ।

यसैबिच, अमेरिका मध्यपूर्वमा आफ्नो सैन्य उपस्थिति थप सुदृढ बनाउने तयारीमा छ। हाल क्षेत्रमै करिब ५० हजार सैनिक तैनाथ छन् भने थप करिब एक हजार सैनिक पठाउने तयारी भइरहेको छ। साथै, समुद्री सैनिकहरूको ठूलो संख्यामा परिचालन भइरहेको छ। यसलाई आवश्यक निर्णय लिन लचिलोपन कायम राख्ने रणनीतिका रूपमा हेरिएको छ।

तर कूटनीतिक पहल तीव्र भए पनि परिस्थिति जटिल छ। इरानले अमेरिका सङ्ग कुनै औपचारिक वार्ता भइरहेको दाबी अस्वीकार गरेको छ भने अमेरिका भने वार्ता भइरहेको सङ्केत दिइरहेको छ। यसले दुवै पक्षबिच अविश्वास अझ गहिरो रहेको देखाउँछ।

मध्यपूर्वको महत्त्वपूर्ण जलमार्ग हर्मुज जलडमरूमध्य पनि तनावको केन्द्र बनेको छ। इरानले यहाँ नियन्त्रण कडा बनाएपछि अन्तर्राष्ट्रिय व्यापार प्रभावित भएको छ र इन्धनको मूल्य तीव्र रूपमा बढेको छ, जसले विश्व अर्थतन्त्रमा असर पार्ने चिन्ता बढाएको छ।

युद्धका क्रममा दुवै पक्षले आक्रमण जारी राखेका छन्। इरानले इजरायलतर्फ मिसाइल र ड्रोन आक्रमण गरिरहेको छ भने इजरायलले इरान र लेबनानमा हवाई आक्रमण गरेको छ। यसमा सर्वसाधारणको ज्यान जाने र घाइते हुने घटना समेत भएका छन्।

लेबनानमा पनि तनाव बढेको छ। इजरायलले त्यहाँ इरान समर्थित समूहहरूलाई लक्षित आक्रमण गरेको छ। यसै क्रममा लेबनान सरकारले इरानी राजदूतलाई देश छोड्न निर्देशन दिएको छ, जसले क्षेत्रीय तनाव अझ जटिल बनाएको छ।

पाकिस्तानले भने अमेरिका र इरानबीच वार्ता गराउन आफू तयार रहेको जनाएको छ। यदि वार्ता सफल भयो भने निकट भविष्यमा युद्धविरामको सम्भावना छ। तर दुवै पक्षका कडा अडान र आपसी अविश्वासका कारण तत्काल समाधान चुनौतीपूर्ण देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार