नेपाल सम्वत् ११४६, चौलाथ्वः ७ सप्तमी (११ चैत्र, २०८२, २५ मार्च, २०२६) बुधबार, बाँपिझ्याला । मधेसको प्राचीन मिथिला क्षेत्रमा आज (चैत ११) बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै वासन्ती छठ पर्व बर्तालुले सम्पन्न गरेका छन्। मंगलबार साँझ अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिएका बर्तालुले आज सूर्योदयसँगै दोस्रो अर्घ्य दिँदै चार दिने पर्वको समापन गरेका हुन्।
वासन्त ऋतुमा मनाइने यस पर्वलाई स्थानीय बोलीमा ‘चैती छठ’ भनिन्छ। चैत शुक्लपक्षको चौथीदेखि सप्तमीसम्म चल्ने यस पर्वको पहिलो दिन ‘नहाय–खाय’ विधि अनुसार स्नान गरी चोखोनीतो खाने चलन हुन्छ भने दोस्रो दिन ‘खरना’ विधि अनुसार दिनभर उपवास रहँदै राति खिर चढाएर उपवास खुवाइन्छ। षष्ठी तिथिमा निराहार व्रत बसेर साँझ अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य (‘सझुका अरख’) दिइन्छ भने आज उदाउँदो सूर्यलाई दिइने अर्घ्य (‘भोरका अरख’ वा ‘पारन’)ले पर्वको अन्त्य भएको छ।
पर्वका परम्परागत विधिहरूमा अपवित्र मानिने लहसुन, प्याज र कोदो सेवन नगर्ने र अरवा चामलको भात खाने चलन रहेको छ, जसले बर्तालुको धार्मिक आस्था र सांस्कृतिक पहिचान झल्काउँछ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij