Aug 21 2026 | २०८३, भाद्र ५ गते

Aug 21 2026 | २०८३, भाद्र ५ गते

ज्येष्ठ सदस्य केसी आज शपथ लिँदै, सांसदलाई भोलि शपथ खुवाउने

ज्येष्ठ सदस्य केसी आज शपथ लिँदै, सांसदलाई भोलि शपथ खुवाउने

नेपाल सम्वत् ११४६, चौलाथ्वः ७ सप्तमी (११ चैत्र, २०८२, २५ मार्च, २०२६) बुधबार, बाँपिझ्याला ।  प्रतिनिधिसभामा निर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले आज पद तथा गोपनीयताको शपथ लिँदैछन्। उनले राष्ट्रपति रामचन्द्र पौडेलबाट शीतल निवासमा बिहान ११ः१५ बजे शपथ ग्रहण गर्ने कार्यक्रम तय भएको छ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचित सदस्यमध्ये केसी ज्येष्ठ सदस्य हुन्। उनी नेपाली काँग्रेसका तर्फबाट समानुपातिक निर्वाचन प्रणालीमार्फत प्रतिनिधिसभामा पुगेका हुन्।

अब ज्येष्ठ सदस्यका रूपमा उनले यही चैत १२ गते प्रतिनिधिसभामा निर्वाचित अन्य सांसदहरूलाई पद तथा गोपनीयताको शपथ खुवाउने कार्यक्रम रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार