Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

साफ यू–२० मा आज नेपाल र श्रीलंकाको भिडन्त, लगातार दोस्रो जितको खोजी

साफ यू–२० मा आज नेपाल र श्रीलंकाको भिडन्त, लगातार दोस्रो जितको खोजी

नेपाल सम्वत् ११४६, चौलाथ्वः ७ सप्तमी (११ चैत्र, २०८२, २५ मार्च, २०२६) बुधबार, बाँपिझ्याला ।  साफ यू–२० च्याम्पियनसिप अन्तर्गत माल्दिभ्समा जारी प्रतियोगितामा नेपालले आज श्रीलंकासँग महत्वपूर्ण खेल खेल्दैछ। समूह ‘ए’ मा रहेका दुवै टोली लगातार दोस्रो जितको खोजीमा मैदान उत्रिन लागेका हुन्।

नेपालले उद्घाटन खेलमा भुटानलाई २–१ ले पराजित गर्दै तीन अंक जोडेको छ र हाल समूहको दोस्रो स्थानमा रहेको छ। यस्तै, श्रीलंकाले पनि पहिलो खेलमा घरेलु टोली माल्दिभ्सलाई ३–२ ले हराउँदै समान तीन अंकसहित शीर्ष स्थान ओगटेको छ।

नेपाल र श्रीलंकाबीचको खेल माल्दिभ्सको राजधानी Malé स्थित राष्ट्रिय फुटबल रंगशालामा नेपाली समयअनुसार साँझ ६ बजे सुरु हुनेछ।

यसैदिन हुने अर्को खेलमा भुटान र माल्दिभ्स आमनेसामने हुँदैछन्। पहिलो खेलमा हार व्यहोरेका यी दुवै टोली जितको खाता खोल्ने लक्ष्यका साथ मैदानमा उत्रनेछन्। उक्त खेल नेपाली समयअनुसार राति ९:४५ बजे हुनेछ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार