नेपाल सम्वत् ११४६, चौलाथ्वः ७ सप्तमी (११ चैत्र, २०८२, २५ मार्च, २०२६) बुधबार, बाँपिझ्याला । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको महत्वपूर्ण बैठक आज पनि बिहान ११ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा बस्दैछ। पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक समसामयिक राजनीतिक विषयसँगै पार्टीको आन्तरिक सुदृढीकरणका एजेन्डामा केन्द्रित रहेको छ।
बैठकमा विशेषगरी आगामी १५ औँ महाधिवेशनको कार्यतालिका निर्माण र केन्द्रीय निर्वाचन समिति गठनबारे गहन छलफल भइरहेको छ। साथै संविधान संशोधनका लागि अध्ययन गर्न विज्ञसहितको समिति गठन गर्ने र सुशासन प्रवर्द्धनमा पार्टीको भूमिकाबारे पनि विचार-विमर्श भइरहेको छ।
यसैगरी क्रियाशील सदस्यता वितरण तथा अद्यावधिक अभियान, नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको अभिमुखीकरण, तथा प्रदेश र स्थानीय सरकारको कार्यसम्पादन समीक्षा पनि छलफलका प्रमुख विषय बनेका छन्। भ्रातृ संगठन, शुभेच्छुक संस्था र जनसम्पर्क समितिको व्यवस्थापन तथा केन्द्रीय लेखा समिति गठनबारे समेत नेताहरूले धारणा राखिरहेका छन्। हालसम्म १८ जना केन्द्रीय सदस्यले आफ्ना विचार प्रस्तुत गरिसकेका छन् भने बाँकी सदस्यहरूले आजको बैठकमा धारणा राख्ने कार्यतालिका रहेको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij