Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

भाटभटेनीमा अब जापानी हेल्थ र ब्युटी प्रोडक्ट उपलब्ध

भाटभटेनीमा अब जापानी हेल्थ र ब्युटी प्रोडक्ट उपलब्ध

नेपाल सम्वत् ११४६, चौलाथ्वः ६ षष्ठी (१० चैत्र, २०८२, २४ मार्च, २०२६) मंगलबार, बाँपिझ्याला । काठमाडौंस्थित भाटभटेनी सुपरमार्केट ले होमा (Homa) सँग सहकार्य गर्दै जापानी स्किन केयर, कस्मेटिक तथा हेल्थ केयर उत्पादनहरूको आधिकारिक बिक्री सुरु गरेको छ। होक्काईदो बिजनेस ग्रुप नेपाल अन्तर्गतको होमाले २०२३ देखि नेपाली बजारमा जापानी उत्पादन भित्र्याउँदै आएको हो, र अब ती सबै प्रोडक्टहरू भाटभटेनीका विभिन्न शाखाहरूमा उपलब्ध हुनेछन्।

यस सहकार्यअन्तर्गत कलंकी, पाटन, सातदोबाटो, भक्तपुर, महाराजगञ्ज, कोटेश्वर र टोखा शाखाबाट विशेष अफरसहित बिक्री सुरु गरिएको छ। चैत्र १० गतेदेखि सुरु भएको २० दिने कार्यक्रममा ग्राहकहरूले छुट, क्यास कुपन, गिफ्ट भौचर तथा फ्रि गिफ्ट प्राप्त गर्न सक्नेछन्।

कार्यक्रममा सहभागीमध्ये १४ जना भाग्यशाली ग्राहकले रु ५ हजार बराबरका उत्पादन जित्नेछन् भने अन्य सहभागीहरूले २० प्रतिशत छुटको भौचर पाउनेछन्। साथै, हरेक रु ३ हजारको खरिदमा रु १ हजार बराबरको गिफ्ट भौचर उपलब्ध हुनेछ, जुन डेकाईडो मा डाइनिङ वा होमाका उत्पादन खरिदमा प्रयोग गर्न सकिन्छ।

कम्पनीका अध्यक्ष अर्जुन अधिकारीका अनुसार नेपाली उपभोक्तालाई जापानी उत्पादनको गुणस्तर अनुभूति गराउने लक्ष्यका साथ यो पहल गरिएको हो। उनले भविष्यमा नेपालमै उत्पादन गरी निर्यात गर्ने योजना समेत रहेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार