नेपाल सम्वत् ११४६, चौलाथ्वः ६ षष्ठी (१० चैत्र, २०८२, २४ मार्च, २०२६) मंगलबार, बाँपिझ्याला । "हो ! हामी क्षयरोग अन्त्य गर्छौं" भन्ने नाराका साथ आज विश्व क्षयरोग दिवसको अवसरमा दोलखाको भीमेश्वर नगरपालिका वडा नं. २, पाखलती बजारमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
नेपाल क्षयरोग निवारण संस्था जिल्ला शाखा दोलखा र जनस्वास्थ्य कार्यालय चरीकोटको संयुक्त आयोजना तथा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दोलखाको प्राविधिक सहयोगमा उक्त कार्यक्रम आयोजना गरिएको हो।
नेपाल क्षयरोग निवारण संस्था दोलखाका जिल्ला सभापति तिर्थ बहादुर जोशीको अध्यक्षतामा सम्पन्न उक्त उद्घाटन समारोहमा भीमेश्वर नगरपालिकाका उपमेयर प्रमुख अतिथिको रूपमा रहनुभएको थियो। कार्यक्रममा विशिष्ट अतिथिका रूपमा भीमेश्वर नगरपालिका वडा नं. २ का वडा अध्यक्ष स्टालिन श्रेष्ठको उपस्थिति रहेको थियो।
रक्तदान कार्यक्रममा उत्साहजनक सहभागिता रहेको थियो। उद्घाटन समारोहमा ६२ जनाको उपस्थिति रहेकोमा २२ जना रक्तदाताहरूले रक्तदान गरेका छन्। स्वास्थ्य क्षेत्रमा रगतको अभावलाई कम गर्न र क्षयरोग विरुद्धको अभियानमा ऐक्यवद्धता जनाउन यो कार्यक्रम फलदायी हुने संस्थामा सदस्य राम कृष्ण मास्केले बताउनु भयो ।
कार्यक्रममा संस्थाका पदाधिकारीहरू, सदस्यहरू, स्वास्थ्यकर्मीहरू, सरोकारवाला निकायका प्रतिनिधिहरू तथा स्थानीयबासीहरूको बाक्लो उपस्थिति रहेको थियो।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij