नेपाल सम्वत् ११४६, चौलाथ्वः ४ चतुर्थी (८ चैत्र, २०८२, २२ मार्च, २०२६) आईतबार, बाँपिझ्याला । दोलखाको भीमेश्वर नगरपालिकास्थित एपेक्स स्कूलले ‘एपेक्स ओलम्पियाड (जुनियर र सिनियर)’ प्रतियोगिता भव्य रूपमा सम्पन्न गरेको छ। प्रतियोगितामा साना विद्यार्थीहरूले आफ्नो प्रतिभा देखाएका छन्।
कक्षा यूकेजी का सलिन बुढाथोकी र सिराक्रिनब श्रेष्ठले सबैभन्दा धेरै ५ स्वर्ण पदक जितेका छन्। प्रतियोगितामा प्ले-ग्रुपदेखि कक्षा ७ सम्मका विद्यार्थीहरूले २१ खेल विधामा प्रतिस्पर्धा गरेका थिए।
प्रिन्सिपल नशीब कायस्थले भने, “खेलकुदले विद्यार्थीहरूको स्वास्थ्य, आत्मविश्वास र मनोबल बढाउँछ। यसले उनीहरूलाई परीक्षा तनाव कम गर्न पनि सहयोग गर्छ।”
सिनियर ब्लकका विजेताहरूलाई चैत १३ गते पुरस्कार दिइने कार्यक्रम तय गरिएको छ। एपेक्स स्कूलले शैक्षिक गुणस्तरसँगै खेलकुदमा पनि ध्यान दिँदै विद्यार्थीहरूको समग्र विकासमा योगदान पुर्याइरहेको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij