नेपाल सम्वत् ११४६, चौलाथ्वः ४ चतुर्थी (८ चैत्र, २०८२, २२ मार्च, २०२६) आईतबार, बाँपिझ्याला । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) को अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित भएका छन्। शनिबार सम्पन्न मतदानको मतगणना आइतबार बिहान गरिएको थियो। प्राप्त मतअनुसार ह्योल्मोले ३९ मत ल्याउँदै स्पष्ट बहुमतसहित विजय हासिल गरे भने उनका निकटतम प्रतिस्पर्धी जीवनकुमार राईले ११ मत पाए।
महासंघको निर्वाचनमा कुल ५६ मतदाता रहेकोमा ५१ मत खसेको थियो। यस निर्वाचनबाट २१ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ।
वरिष्ठ उपाध्यक्षमा डिलबहादुर गुरुङ निर्विरोध निर्वाचित भए। उपाध्यक्ष पदका लागि भएको प्रतिस्पर्धामा अमृतबहादुर सुनुवार (३७ मत), आङ पासाङ शेर्पा (४० मत), चन्द्रलाल राजभण्डारी (३५ मत) र रामकुमारसिंह दनुवार (४२ मत) विजयी भए। साथै, चिनीमाया माझी, मनमाया छन्त्याल र जुनिता राई (शान्ति देवान) निर्विरोध रूपमा उपाध्यक्ष बने।
महासचिव पदमा विमल सारु मगरले २९ मत प्राप्त गर्दै जित हासिल गरे भने उनका प्रतिस्पर्धी प्रेम येक्तेनले २० मतमा सीमित भए। उपमहासचिवमा गणेश कुमाल निर्विरोध निर्वाचित भए।
सचिव पदमा ८ जना निर्वाचित भएका छन् । महेन्द्र दुरा (२४ मत), सन्तबहादुर चेपाङ (२९ मत), शिवचन्द्र मण्डल (२५ मत), शैलेन्द्रकुमार ताजपुरिया (२४ मत), चकचकी राजवंशी (४१ मत), छेवाङ बुम्छोक गुरुङ (२९ मत), जसवी मण्डल (२२ मत) र बिना मम्बा तामाङ (२६ मत)।
कोषाध्यक्षमा मिङ्मा कामी शेर्पाले २९ मत ल्याउँदै विजय हासिल गरे भने उनका प्रतिस्पर्धी खेमराज भुजेलले १८ मत पाए। सहकोषाध्यक्षमा प्रभातकुमार चौधरी निर्विरोध चयन भए।
नेफिनको ११औँ महाधिवेशन चैत ५ र ६ गतेका लागि तय गरिएको थियो। तर विभिन्न कारणले प्रक्रिया लम्बिँदा अन्तिम मतपरिणाम चैत ८ गते बिहान मात्र सार्वजनिक गरिएको हो। महासंघमा आबद्ध ५६ जातीय संस्थाबाट प्रत्येक संस्थाबाट एक-एक जना प्रतिनिधि मतदाता रहने प्रावधान छ, जसमध्ये ५ जना अनुपस्थित रहे।
यस निर्वाचनले नेफिनमा नयाँ नेतृत्व चयन गरेको छ, जसले आगामी दिनमा आदिवासी जनजाति समुदायका अधिकार, पहिचान र समावेशी नीतिका पक्षमा काम गर्ने अपेक्षा गरिएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij