नेपाल सम्वत् ११४६, चौलाथ्वः ३ तृर्तिया (७ चैत्र, २०८२, २१ मार्च, २०२६) शनिवार, बाँपिझ्याला । आज शनिबार मुस्लिम समुदायले इद–उल–फित्र पर्व हर्षोल्लासका साथ मनाइरहेका छन्। रिस, राग र द्वेष बिर्सेर आपसमा खुसीयाली साटासाट गर्दै शुभकामना आदानप्रदान गरी यो पर्व मनाउने परम्परा रहेको छ।
इदका अवसरमा विशेष नमाज अर्पण गरेपछि आशीर्वाद लिने–दिने गरिन्छ। साथै मिष्टान्न परिकार खाने–खुवाउने चलन पनि रहिआएको छ। इदको अवसरमा सरकारले सार्वजनिक बिदा घोषणा गरेको भए पनि आज शनिबार परेकाले स्वतः बिदा परेको छ।
रोजाको अनुशासन, आत्मसंयम र श्रद्धापूर्वक गरिएको नमाजपछि मनाइने यो पर्व आत्मिक शुद्धता र आध्यात्मिक उन्नतिको प्रतीक मानिन्छ। यसले संयम, धैर्य र आत्मनियन्त्रणको सन्देश दिन्छ।
इफ्तार तथा सामूहिक नमाजले समुदायमा एकता र सहअस्तित्वको भावना सुदृढ बनाउने विश्वास गरिन्छ। दान र सहयोगको परम्पराले असहाय तथा विपन्नप्रति करुणा र सहानुभूति जगाउँछ।
इदको चन्द्रमा देखेपछि ‘इद मुबारक’ भन्दै शुभकामना साटासाट गर्ने चलनले आपसी सद्भाव र भाइचारालाई अझ प्रगाढ बनाउँछ।
इद–उल–फित्र धार्मिक पर्व मात्र नभई सामाजिक सद्भाव र सांस्कृतिक ऐक्यबद्धताको प्रतीकका रूपमा पनि लिइन्छ। नयाँ कपडा लगाउने, नमाज पढ्ने र एकअर्कासँग गला मिलाउँदै शुभकामना आदानप्रदान गर्ने परम्पराले सामाजिक सम्बन्धलाई अझ सुदृढ बनाउँछ।
यस पर्वले भाइचारा, मेलमिलाप र सहअस्तित्वको मूल्य आत्मसात् गर्न प्रेरणा दिन्छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij