नेपाल सम्वत् ११४६, चौलाथ्वः २ द्वितिया (६ चैत्र, २०८२, २० मार्च, २०२६) शुक्रबार, बाँपिझ्याला । प्रधानमन्त्री सुशीला कार्की ले जनकपुरधामस्थित प्रसिद्ध धार्मिक स्थल जानकी मन्दिर मा शुक्रबार दर्शन तथा पूजा अर्चना गरेकी छिन्। हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन पछि देशका विभिन्न स्थानको भ्रमणमा रहेकी प्रधानमन्त्री कार्कीले यस क्रममा जानकी मन्दिर पुगेकी हुन्।
दर्शनका क्रममा उनले मन्दिर परिसरभित्र रहेको सीता–राम मन्दिरमा पनि पूजा गर्दै कीर्तनमा सहभागी भइन्। धार्मिक वातावरणबीच गरिएको उक्त सहभागिताले उनको भ्रमणलाई थप आध्यात्मिक बनाएको थियो। दर्शनपछि उनले छोटो प्रतिक्रिया दिँदै “यहाँ आएर निकै शान्ति महसुस भयो” भन्ने बताइन्।
यसअघि प्रधानमन्त्री कार्की निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन भूमिका खेलेका कर्मचारी, सुरक्षाकर्मी र स्थानीय बासिन्दालाई धन्यवाद दिन कर्णाली पुगेकी थिइन्।
प्रधानमन्त्रीको यो भ्रमण धार्मिक आस्था व्यक्त गर्नुका साथै निर्वाचनपछिको राष्ट्रिय एकता र सद्भावको सन्देश दिने रूपमा समेत हेरिएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij