Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

सेतो मच्छिन्द्रनाथको रथयात्रा: जमलमा रथ निर्माण कार्य सुरु

सेतो मच्छिन्द्रनाथको रथयात्रा: जमलमा रथ निर्माण कार्य सुरु

नेपाल सम्वत् ११४६, चौलाथ्वः २ द्वितिया (६ चैत्र, २०८२, २० मार्च, २०२६) शुक्रबार, बाँपिझ्याला । काठमाडौँ उपत्यकामा वर्षा र सहकालका देवता मानिने सेतो मच्छिन्द्रनाथको रथयात्राको तयारी सुरु भएको छ। यस वर्षको जात्रा चैत १२ गते पर्ने भएकाले तृतीयाका दिनदेखि नै जमलस्थित तीनधारा पाठशालामा रथ बनाउने कार्य थालिएको छ। सेतो मच्छिन्द्रनाथ व्यवस्थापन समितिले जानकारी दिँदै रथ निर्माणको काम शुरु भइसकेको बताएको छ। परम्पराअनुसार, रथ नगर परिक्रमा गराइ वृद्धवृद्धाले दर्शन गर्न सकून् भन्ने उद्देश्यका साथ बेतले रथलाई बाँध्ने प्रचलन छ, जसलाई नेवारी भाषामा ‘पाउ’ भनिन्छ।

रथमा राखिने मूर्ति करुणामय र आर्याअवलोकितेश्वरको नामबाट पनि चिनिन्छ। परम्पराअनुसार मूर्तिलाई जनबहालबाट खटमा राखी बनाइएको रथमा प्रतिस्थापन गरी नगर परिक्रमा गराउने चलन छ। अन्तिम दिनमा लगनटोलस्थित मच्छिन्द्रनाथकी आमालाई तीन पटक परिक्रमा गराएर रथयात्रा सम्पन्न गरिन्छ।

किंवदन्ती अनुसार, परापूर्वकालमा जमल क्षेत्रको खेतमा एक जना ज्यापुले खेत खन्दा सेतो मच्छिन्द्रनाथको मूर्ति फेला पारेका थिए। मूर्तिलाई घर लगेर धानको भकारीभित्र लुकाइ राख्दा त्यस भकारीबाट जति धान निकाल्दा पनि समाप्त नहुने भएकोले मूर्तिलाई अन्‍नदाता ठहर्‍याई जनबहालमा स्थापना गरिएको बताइन्छ। सोही परम्परा अनुसार अहिले पनि मूर्ति फेला परेकै स्थान जमलमै रथ बनाउने प्रचलन कायम छ।

काठमाडौँ उपत्यकामा चारवटा प्रमुख मच्छिन्द्रनाथ छन्। यीमध्ये जमल र बनेपा, नालाको सेतो, ललितपुरको बुङमति र चोभारको रातो मच्छिन्द्रनाथ पर्छन्। रथयात्रा धार्मिक सहिष्णुताको प्रतीक पनि मानिन्छ। विभिन्न सम्प्रदायले सेतो मच्छिन्द्रनाथलाई आफ्नै दृष्टिकोणबाट पूज्ने परम्परा छ। शैव सम्प्रदायले शिवको रूपमा, शाक्त सम्प्रदायले शक्तिको रूपमा, र बौद्धमहायन तथा बज्रयान सम्प्रदायले आर्याअवलोकितेश्वरको रूपमा पूज्ने गर्दछ।

यस प्रकार, रथयात्रा न केवल धार्मिक महत्त्व बोकेको छ, तर काठमाडौँ उपत्यकाको सांस्कृतिक सहिष्णुता र ऐतिहासिक परम्पराको जिवित उदाहरण पनि हो। रथ निर्माणदेखि नगर परिक्रमा, मूर्ति प्रतिस्थापन र अन्तिम परिक्रमा समग्र प्रक्रिया पुरानो परम्परालाई आधुनिक समयमा समेत कायम राख्ने काम गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार