Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

पाथीभरा मन्दिरमा दर्शनार्थीले चढाएको सुन–चाँदी प्रशोधन सुरु

पाथीभरा मन्दिरमा दर्शनार्थीले चढाएको सुन–चाँदी प्रशोधन सुरु

नेपाल सम्वत् ११४६, चिल्लागाः १५ चतुर्दशी (५ चैत्र, २०८२, १९ मार्च, २०२६) बिहीबार, बाँपिझ्याला । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर मा दर्शनार्थीले चढाएको सुन र चाँदीको रिफाइन (प्रशोधन) कार्य बुधबारबाट सुरु भएको छ। पाथीभरा क्षेत्र विकास समितिले यो कार्यको जिम्मेवारी लिएको छ।

सुनचाँदी व्यवस्थापन उपसमितिका संयोजक चेतराज घिमिरे का अनुसार करिब ६७ तोला सुन र ४३ केजी चाँदी रिफाइन गर्न सुरु गरिएको हो। कार्यालयका जिन्सी शाखा प्रमुख इन्द्र पौडेल ले बताएअनुसार, २०८० पुस २५ गतेदेखि हालसम्म चढाइएको सुन–चाँदीको रिफाइन कार्य सुरु गरिएको हो।

रिफाइनको कार्य जिल्लाका सुनचाँदी व्यवसायीहरूको प्राविधिक सहयोगमा भइरहेको छ र सम्पन्न गर्न करिब एक साताको समय लाग्ने अनुमान गरिएको छ।

यसअघि रिफाइन गरिएको १७८ तोला ८२ लाल सुन समितिले भण्डारणमा राखेको छ र हाल लिलामी प्रक्रियामा छ। चाँदी भने पहिले नै लिलामी भइसकेको छ। समितिले पछिल्लो समयमा रिफाइन गरिएको सुन–चाँदी पनि लिलामी गर्ने योजना बनाएको छ।

यो कदमले पाथीभरा मन्दिरमा चढाइने सुन–चाँदीको व्यवस्थित व्यवस्थापन र पारदर्शिता सुनिश्चित गर्ने उद्देश्य राखेको छ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार