नेपाल सम्वत् ११४६, चिल्लागाः १४ चतुर्दशी (४ चैत्र, २०८२, १८ मार्च, २०२६) बुधबार, बाँपिझ्याला । ललितपुरको ग्वार्कोस्थित रोयल टुलिप होटलमा आयोजना गरिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सांसदहरूको अभिमुखीकरण कार्यशाला बुधबार सम्पन्न भएको छ। मंगलबारदेखि सुरू भएको उक्त कार्यक्रममार्फत पार्टीले आफ्ना सांसदहरूलाई संसदीय अभ्यास, आचरण, र जिम्मेवारीबारे प्रशिक्षण दिएको हो।
कार्यशालाको समापन सत्रमा पार्टी सभापति रवि लामिछाने ले मन्तव्य दिँदै सांसदहरूले पालना गर्नुपर्ने अनुशासन, गर्न नहुने गतिविधि, र पार्टीको नीति–निर्देशनबारे स्पष्ट ‘ब्रिफिङ’ गरेका छन्। उनले पार्टीभित्रको एकता, पारदर्शिता र उत्तरदायित्वलाई विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्।
फागुन २१ मा सम्पन्न निर्वाचनमा रास्वपाले प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ गरी कुल १८२ सिट जित्दै स्पष्ट बहुमत हासिल गरेको छ। यससँगै पार्टी अब एकल रूपमा सरकार गठन गर्ने तयारीमा छ।
संसद बैठक सुरू हुनुअघि नै सांसदहरूलाई प्रशिक्षण दिइनु, आगामी शासन सञ्चालनलाई प्रभावकारी, अनुशासित र नीतिमूलक बनाउने उद्देश्यले गरिएको महत्वपूर्ण तयारीका रूपमा हेरिएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij