Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

घोडेजात्रा आज काठमाडौं उपत्यकामा धुमधामका साथ मनाइँदै

घोडेजात्रा आज काठमाडौं उपत्यकामा धुमधामका साथ मनाइँदै

नेपाल सम्वत् ११४६, चिल्लागाः १४ चतुर्दशी ९४ चैत्र, २०८२, १८ मार्च, २०२६० बुधबार, बाँपिझ्याला ।  चैत्र कृष्ण औँसीका अवसरमा आज काठमाडौँ उपत्यका मा परम्परागत घोडेजात्रा पर्व विभिन्न कार्यक्रमसहित मनाइँदै छ। यस अवसरमा सरकारले उपत्यकाभर सार्वजनिक बिदा दिएको छ।

आज दिउँसो टुँडिखेल मा नेपाली सेना ले विशेष समारोह आयोजना गर्नेछ, जहाँ अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम तथा युद्धकला प्रदर्शन गरिने कार्यक्रम रहेको छ।

सांस्कृतिक विश्वास अनुसार ‘गुरुमापा’ नामक राक्षसलाई घोडाको टापले कुल्चाएर मारिएको सम्झनामा यो पर्व मनाउने गरिन्छ। त्यही विश्वासअनुसार आज पनि घोडा दौडाएर नकारात्मक शक्तिलाई नष्ट गर्ने परम्परा कायम छ।

यस्तै, पाटन मा पनि परम्परागत रूपमा घोडा दौडाएर यो पर्व मनाइँदै छ। समारोहमा राष्ट्रका उच्च पदस्थ व्यक्तित्वहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार