Aug 21 2026 | २०८३, भाद्र ५ गते

Aug 21 2026 | २०८३, भाद्र ५ गते

राष्ट्रपतिद्वारा ओलीलाई समवेदना, गुण्डू पुगेर भेट

राष्ट्रपतिद्वारा ओलीलाई समवेदना, गुण्डू पुगेर भेट

नेपाल सम्वत् ११४६, चिल्लागाः १३ त्रयोदशी (३ चैत्र, २०८२, १७ मार्च, २०२६) मंगलबार, बाँपिझ्याला ।  राष्ट्रपती रामचन्द्र पौडेलले पितृशोकमा रहेका केपि शर्मा ओलीलाई भेटेर समवेदना व्यक्त गरेका छन्।

मंगलबार राष्ट्रपति पौडेल भक्तपुरको गुन्डु स्थित ओली निवासमै पुगेर शोकाकुल परिवारजनप्रति गहिरो सहानुभूति प्रकट गरेका हुन्।

एमाले अध्यक्ष ओलीका पिता मोहन प्रसाद ओली को ९७ वर्षको उमेरमा गत शुक्रबार निधन भएको थियो। राष्ट्रपति पौडेलले दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै परिवारलाई धैर्यधारण गर्ने शक्ति मिलोस् भनी कामना व्यक्त गरेका छन्।

९७ वर्ष लामो जीवन व्यतीत गरेका मोहनप्रसाद ओलीको निधनप्रति विभिन्न राजनीतिक दलका नेताहरूले पनि समवेदना व्यक्त गरिरहेका छन्। भेटका क्रममा राष्ट्रपतिले ओलीसँग केहीबेर कुराकानी गर्दै यस कठिन घडीमा राज्यको तर्फबाट साथ र सद्भाव रहने सन्देश दिएका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार