राष्ट्रिय स्वतन्त्र पार्टी ले आफ्ना नवनिर्वाचित सांसदहरूलाई संसदीय प्रक्रिया र नीति निर्माणबारे परिचित गराउन ललितपुरको ग्वार्कोस्थित होटेल रोयल टुलिपमा दुईदिने अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ।
मंगलबार (चैत ३) बिहान कार्यक्रमको शुभारम्भ उपसभापति डोलप्रसाद अर्याल र डा. स्वर्णिम वाग्ले ले घण्टी बजाएर गरेका छन्। अभिमुखीकरण शुभारम्भमा पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) देखिएनन् ।
सभापति लामिछाने बुधबार (चैत ४) समापन समारोहमा सहभागी हुने कार्यक्रम रहेको छ। उनले पार्टीको रणनीति, दृष्टिकोण र नीतिगत प्राथमिकताबारे समापन मन्तव्य दिनेछन्। बालेन पनि भोलि उपस्थित हुने जानकारी नवनिर्वाचित सांसद राजुनाथ पाण्डेले दिएका छन्।
उपसभापति अर्यालका अनुसार, सभापति र वरिष्ठ नेताको अनुपस्थितिको कारण स्वास्थ्य अवस्था र कार्यव्यस्तता रहेको छ। सम्भव भएसम्म दुवैजना समापनअघि उपस्थित हुनेछन्।
रास्वपाका प्रवक्ता मनिष झाका अनुसार, अभिमुखीकरणको उद्देश्य सांसदहरूलाई संसदीय प्रक्रिया, कानुन निर्माण, नीति विश्लेषण, जनप्रतिनिधिको भूमिका र प्रभावकारी, उत्तरदायी प्रतिनिधि बन्न सहयोग गर्नु हो।
कार्यक्रममा नेपाल सरकारका पूर्वसचिव, आईटी विज्ञलगायत विभिन्न विशेषज्ञहरूले जानकारी दिनेछन्। साथै, रास्वपाबाट अनुभव भएकाले पूर्व सांसदहरूले आफ्नो संसदीय अनुभव साझा गर्ने कार्यक्रम पनि तालिकामा समावेश गरिएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij