Aug 21 2026 | २०८३, भाद्र ५ गते

Aug 21 2026 | २०८३, भाद्र ५ गते

दोलखामा हाम्रो रेडियो यात्राको १९ वर्षमा प्रवेश

दोलखामा हाम्रो रेडियो यात्राको १९ वर्षमा प्रवेश

नेपाल सम्वत् ११४६, चिल्लागाः १२ द्वादसी (२ चैत्र, २०८२, १६ मार्च, २०२६) सोमबार, बाँपिझ्याला । दोलखाबाट २०६४ साल चैत्र २ गते सुरु भएको रेडियो प्रसारणले १८ वर्ष पूरा गर्दै १९ वर्षमा प्रवेश गरेको छ। जनयुद्ध र जनआन्दोलनपछि देश शान्ति प्रक्रियामा अघि बढिरहेका बेला सुरु भएको रेडियोले लामो समयदेखि श्रोतामाझ सूचना र समाचार प्रवाह गर्दै आएको छ।

रेडियोको यो यात्रामा संस्थापकदेखि हालसम्म योगदान गर्ने सम्पूर्ण साथी, श्रोता, विज्ञापनदाता, सहयोगी र शुभेच्छुकप्रति आभार व्यक्त गरिएको छ। सञ्चार क्षेत्रमा परिवर्तन आए पनि सत्य र विश्वसनीय सूचना दिने माध्यमका रूपमा रेडियो अझै महत्वपूर्ण रहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार