नेपाल सम्वत् ११४६, चिल्लागाः १२ एकादशी (१ चैत्र, २०८२, १५ मार्च, २०२६) आईतबार, बाँपिझ्याला । नेपाल आयल निगम ले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १५ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १० रुपैयाँ ले बढाइएको हो। नयाँ मूल्य आइतबार राति १२ बजेदेखि लागू हुने जनाएको छ।
नयाँ समायोजनपछि तेस्रो वर्ग अन्तर्गत पर्ने शहरहरू – काठमाडौं, पोखरा र दिपायल – मा पेट्रोलको मूल्य १७२ रुपैयाँ प्रतिलिटर पुगेको छ भने डिजेल र मट्टितेल १५२ रुपैयाँ प्रतिलिटर कायम भएको छ।
निगमले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेको तथा आपूर्ति सम्बन्धी चुनौती देखिएको कारण मूल्य समायोजन गर्नुपरेको जनाएको छ। विशेषगरी मध्यपूर्व क्षेत्रमा बढ्दो तनावका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य वृद्धि हुँदा त्यसको प्रभाव नेपाली बजारमा पनि परेको बताइएको छ।
यसअघि काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको मूल्य करिब १५७ रुपैयाँ र डिजेल/मट्टितेल १४२ रुपैयाँ प्रतिलिटर थियो। पछिल्लो निर्णयपछि पेट्रोलमा एकैपटक ठूलो वृद्धि भएको हो
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij