नेपाल सम्वत् ११४६, चिल्लागाः ९ अष्ठमी (२८ फागुण, २०८२, १२ मार्च, २०२६) बिहीबार, बाँपिझ्याला । प्रसिद्ध गायिका अन्जु पन्तले नयाँ गीत Dhanyabad Shatru सार्वजनिक गरेकी छन्। गीतको शब्द स्वयं अन्जु पन्तले लेखेकी हुन् भने संगीत तथा एरेन्ज BB Anuragi ले गरेका छन्।
गीतमार्फत अन्जु पन्तले आफ्ना आलोचक र शत्रुहरूलाई धन्यवाद व्यक्त गरेकी छन्। जीवनमा आफूले भोगेका घृणा, आलोचना र चोटहरूले नै आफूलाई अझ बलियो बनाएको भाव गीतमा व्यक्त गरिएको छ।
अन्जुका अनुसार आफूले जीवनमा सुनेका गाली र घृणाले नै सकारात्मक सोच्न, निरन्तर संघर्ष गर्न र सफलता हासिल गर्न प्रेरणा दिएको छ। उनले भनेकी छन् कि आज आफूले पाएको मान–सम्मान र सफलतामा ती नकारात्मक अनुभवहरूको पनि ठूलो भूमिका रहेको छ, त्यसैले आफ्नो हृदयबाट उनीहरूलाई धन्यवाद दिन चाहेको बताएकी छन्।
गीतको भिडियो स्टुडियो सेटमै खिचिएको हो। भिडियो छायांकन Arjun Lohar र Sunita Rasaily ले गरेका छन् भने सम्पादन Tarakant Bik र अर्जुन लोहारले गरेका छन्। गीत Prism Digital Recording Studio मा रेकर्ड गरिएको हो।
Anju Panta नेपाली सुगम संगीत र पार्श्व गायनकी चर्चित गायिका हुन्। उनले विभिन्न जनराका गीत गाएकी छन् र हिन्दी तथा उर्दू गीत पनि प्रस्तुत गरेकी छन्। उनको चर्चित गजल Na Birshe Timilai Na Pae Timilai लाई धेरैले उनको सिग्नेचर गीतका रूपमा चिन्ने गरेका छन्।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij