Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

युट्युबमा सार्वजनिक भयो फिल्म ‘एक भागवत् र एक गीता’

युट्युबमा सार्वजनिक भयो फिल्म ‘एक भागवत् र एक गीता’

नेपाल सम्वत् ११४६, चिल्लागाः ७ सप्तमी (२६ फागुण, २०८२, १० मार्च, २०२६) मंगलबार, बाँपिझ्याला । नेपाली फिल्म  एक भागवत् र एक गीता अब युट्युबमार्फत दर्शकमाझ आएको छ। हलमा प्रदर्शनपछि दर्शकबाट राम्रो प्रतिक्रिया पाएको यो फिल्म डिजिटल प्लेटफर्म युट्युबमा सार्वजनिक गरिएको हो।

फिल्ममा मुख्य भूमिकामा अभिनेता विपिन कार्की, अभिनेत्री सुहाना थापा र अभिनेता धिरज मगरको  रहेका छन्। तीनै कलाकारको अभिनय र फरक विषयवस्तुले फिल्मलाई विशेष बनाएको छ।

फिल्मले समाजमा रहेको विभेद, पहिचान र समानताको विषयलाई उठाएको छ। समाजले फरक दृष्टिले हेर्ने समुदायको जीवन, उनीहरूको संघर्ष र सामाजिक स्वीकार्यताको विषयलाई कथामा प्रस्तुत गरिएको छ। जनकपुर क्षेत्रको सांस्कृतिक परिवेश पनि फिल्ममा देख्न सकिन्छ।

फिल्मको निर्देशन अभिनेत्री तथा निर्देशक झरना थापाले गरेकी हुन्। फिल्मका निर्माता सुनिल कुमार थापाहुन्। यो फिल्म ‘सুহाना इन्टरटेनमेन्ट’ ब्यानरमा निर्माण गरिएको हो।

सुरुमा फिल्मको नाम “एक भगवत् गीता” राखिएको थियो। धार्मिक ग्रन्थसँग मिल्ने नाम भएको भन्दै विवाद भएपछि नाम परिवर्तन गरी “एक भागवत् र एक गीता” राखेर प्रदर्शन गरिएको थियो।

हलमा प्रदर्शनपछि अहिले यो फिल्म युट्युबमा उपलब्ध भएकाले दर्शकले घरमै बसेर पनि सहज रूपमा हेर्न सक्ने भएका छन्। डिजिटल प्लेटफर्ममा आएपछि फिल्म अझै धेरै दर्शकमाझ पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार