Aug 21 2026 | २०८३, भाद्र ५ गते

Aug 21 2026 | २०८३, भाद्र ५ गते

१५६ क्षेत्रको नतिजा सार्वजनिक: रास्वपा १२० सिटसहित ऐतिहासिक अग्रता

१५६ क्षेत्रको नतिजा सार्वजनिक: रास्वपा १२० सिटसहित ऐतिहासिक अग्रता

नेपाल सम्वत् ११४६, चिल्लागाः ५ पञ्चमी (२४ फागुण, २०८२, ८ मार्च, २०२६) आईतबार, बाँपिझ्याला । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फका १६५ मध्ये १५६ वटा निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भएको छ। हालसम्मको परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उल्लेखनीय सफलता हासिल गर्दै १२० सिट जितेको छ।

सार्वजनिक नतिजाअनुसार नेपाली कांग्रेस १७ सिटसहित दोस्रो स्थानमा रहेको छ। त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (एमाले)नेपाली कम्युनिष्ट पार्टी ले समान ७/७ सिट जितेका छन्।

अन्य दलतर्फ श्रम संस्कृति पार्टी ले ३ सिट जित्न सफल भएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र एक स्वतन्त्र उम्मेदवारले एक/एक सिटमा विजय हासिल गरेका छन्।

हालसम्म निर्वाचित भएका उम्मेदवारमध्ये रास्वपाका अधिकांश उम्मेदवारले ठूलो मतान्तरसहित विजय प्राप्त गरेको जनाइएको छ। यसले यसपटकको निर्वाचनमा रास्वपाप्रति मतदाताको बलियो समर्थन देखिएको विश्लेषण गरिएको छ।

उता अझै मतगणना जारी रहेका ८ निर्वाचन क्षेत्रमध्ये ५ क्षेत्रमा रास्वपा उम्मेदवार अग्रस्थानमा छन्। बाँकी ३ क्षेत्रमा एमाले उम्मेदवार अगाडि रहेका छन्।

सबै क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भएपछि प्रतिनिधि सभाको प्रत्यक्षतर्फको चित्र अझ स्पष्ट हुने निर्वाचन अधिकारीहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार