नेपाल सम्वत् ११४६, चिलाथ्वः १२ (१६ फागुण, २०८२, २८ फ्रेवअरी २०२६) शनिवार, दोलखा । दोलखाको भीमेश्वर नगरपालिका वडा नं. २ अन्तर्गत डोकथली, फुलपा, गगरस, सेङचा, पाखापुल, दुङ्गल र पिङ्गल टोलमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले व्यापक घरदैलो अभियान सम्पन्न गरेको छ।
घरदैलो कार्यक्रमसँगै फुलपाबाट नेकपा (एमाले)को ३६ वर्षे राजनीतिक विरासत तोड्दै स्थानीय नेता धनबहादुर थामी र उनका छोरा बद्री थामी नेकपामा प्रवेश गरेका छन्। यसैगरी डोकथलीका युवा समाजसेवी रामबहादुर थामीले नेपाली काँग्रेस परित्याग गर्दै नेकपामा आबद्ध भएका छन्।
कार्यक्रमका क्रममा स्थानीय युवा महिला समाजसेवी सुस्मीता थामी लगायत करिब एक दर्जन नेता तथा कार्यकर्ताले नेकपामा प्रवेश गरेका छन्। नवप्रवेशीहरूलाई नेकपा उम्मेदवार विशाल खड्काले खादा र टीकासहित स्वागत तथा सम्मान गरेका थिए।
दोलखा जिल्लामा विगत तीन दशकभन्दा लामो समयदेखि एमालेको प्रभाव बलियो रहँदै आएको थियो। विशेष गरी ग्रामीण भेगहरूमा एमालेको संगठनात्मक पकड मजबुत मानिन्थ्यो। तर पछिल्ला वर्षहरूमा स्थानीय स्तरमा विकास, नेतृत्वको पहुँच र वैचारिक बहसका विषयलाई लिएर राजनीतिक समीकरणमा परिवर्तन देखिन थालेको छ।
स्थानीय तह निर्वाचनपछि विभिन्न दलभित्र असन्तुष्टि, युवा पुस्ताको सक्रियता र वैकल्पिक राजनीतिक नेतृत्वको खोजीले नयाँ ध्रुवीकरणको संकेत दिएको छ। यही सन्दर्भमा नेकपाले घरदैलो अभियानलाई तीव्र बनाउँदै संगठन विस्तारलाई प्राथमिकता दिएको जनाएको छ।
दोलखाको तल्लो भेगसँगै दुङ्गल–पिङ्गल कोर्छे टोलमा पनि अभियान सम्पन्न भएको छ भने बाँकी टोलहरूमा छिट्टै कार्यक्रम सञ्चालन गरिने स्थानीय युवा समाजसेवी अजय प्रधानले जानकारी दिएका छन्। कार्यक्रममा वडा तहदेखि केन्द्रसम्मका करिब १०० जना नेता तथा कार्यकर्ताको उपस्थिति रहेको जनाइएको छ।
देशभर नेकपाको माहोल बढ्दै जाँदा दोलखामा पनि एमाले र काँग्रेसबाट स्थानीय नेता–कार्यकर्ताको प्रवेश क्रम बढ्दो रहेको पार्टीको दाबी छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij